सार्क राष्ट्रमा कोरोनाको संक्रमणबाट २ सय १७ जनाको ज्यान गयो

0


विजय एफएम÷ गैँडाकोट, २५ चैत । विश्वमा महामारिको प्रकोपको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको प्रभाव दक्षिण पूर्वि एसियामा कम रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सबै भन्दा धेरै संक्रमण युरोपियन देशमा परेको छ भने त्यस पछि अमेरिकामा रहेको छ ।

यता दक्षिण एसियाका सार्क अन्तर्गतका ८ वटा देशमा पनि कोरोनाको संक्रमण बढ्दो गतिमा रहेको छ । सार्क अन्तर्गतका ८ वटा देशमा कोरोनाको संक्रमणबाट २ सय १७ जनाले ज्यान गुमाएका छन् । यी राष्टमा अहिलेसम्म ९ हजार २ सय ४५ जनामा संक्रमण देखिएको छ ।

भारतमा ४ हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ भने, १ सय ३६ जनाको ज्यान गएको छ ।

पाकिस्तानमा ३ हजार ७ सय ६६ जनामा संक्रमण देखिएको छ भने ५३ जनाको ज्यान गएको छ ।

नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ ।

अफगानिस्तानमा ३ सय ६७ जनामा संक्रमण देखिएको छ भने ११ जनाको ज्यान गएको छ ।

श्रीलंकमा १ सय ७८ जनामा संक्रमण देखिएको छ भने ५ जनाको ज्यान गएको छ ।

बंगलादेशमा १ सय २३ जनामा संक्रमण देखिएको छ भने १२ जनाको ज्यान गएको छ ।

भूटानमा ५ जनामा संक्रमण देखिएको छ भने २ जना निको भइ घर फर्किएका छन् ।

माल्दिभ्समा १९ जनामा संक्रमण देखिएकोमा १३ जना निको भएका छन् ।

Share.

Leave A Reply