लामो सयम जेलजीवन बस्नुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो एकान्तबास कठिन क्षण हो, तर लकडाउन अपरिहार्य छ

0


गैँडाकोट, २५ चैत । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो “म जेल बसेकोलाई एकान्तबास कठिन कार्य हो महशुस गरेको छु, तर लकडाउन अपरिहार्य हो ।” स्वास्थ्य सामग्रीको अभावका कारण पनि स्वास्थ्य कर्मीले देखाउनुभएको कर्तव्यपरायण प्रशंसायोग्य भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिको कार्य महत्वपूर्ण र प्रशंसायोग्य रहेको समेत ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीका अनुसार “देशभर ३० हजार ५ सय ६६ क्वारेण्टाइन छन् । ९ हजार १ सय ६८ व्यक्ति क्वारेण्टाइनमा रहेको र ३ हजार २ सय ५९ आइसोलेसन निर्माण भएको बताउनुभयो । सातै प्रदेशबाट परिक्षण सुरु गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुने बताउँदै सजग रहन आग्रह गर्नुभयो । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

Share.

Leave A Reply