चितवनमा कोरोना परीक्षण सुरु, भरतपुर कोरोना अस्पतालको सहित १७ नमुनाको परीक्षण जारी

0

२४ चैत्र । चितवनमा हिजोबाट कोरोना भाइरस नमुनाको परीक्षण सुरु गरिएको छ । भतरपुर कोराना विशेष अस्थायी अस्पतालबाट पठाइएको १७ वटा नमुनाको परीक्षण गर्न सुरु गरिएको हो । ल्याबमा कृषि तथा वनविज्ञान विश्वविद्यालयमा रहेको आरटी पिसिआर मेसिन जडान गरिएको छ । जिल्लामा ल्याब नहुँदा यसअघि काठमाडौं, हेटौंडामा पठाइदै आएकोमा अहिले त्यो समस्या हटेको छ । हिजो पठाइएको नमुनाको नतिजा आज आउने बताइएको छ । यसैविच कोरोना विशेष अस्पताल भरतपुरमा हालसम्म ८२ वटा नमुना परीक्षण गरिएको छ ।

जसमा ६६ वटा नमुनको नतिजा नेगेटिभ आइसकेको छ भने वाँकीको आज नतिजा आउने अस्पतालले जनाएको छ । हिजो सम्म २९५ जनाले सेवा लिएका छन् भने ६४ जना डिस्चार्ज भएका छन् । त्यस्तै अन्य अस्पतालबाट हालसम्म १४ जनाको नमुना संकलन भएको र १३ जनाको परीक्षण भई नतिजा नेगेटिभ आएको छ ।

हिजो मात्रै भरतपुरमै स्थापना भएको कोरोना परीक्षण ल्यावमा १७ वटा नमुना पठाइएको छ जसको नतिजा आज आउने अस्पतालले जानकारी दिएको छ । अझै २ वटा नमुना परीक्षणको लागि पठाउन वाँकी रहेको र आज पठाइने अस्पतालले जानकारी दिएको छ ।

Share.

Leave A Reply