कोभिड १९ का सूचना थाहा पाउन एप्सहरु सार्वजनिक (हेर्नुहोस् वेव एड्रेस)

0

२५ चैत्र । गृह मन्त्रालयले हिजो देखि कोरोना भाइरस कोभिड १९ का आधिकारिक जानकारी एकै ठाउँबाट दिनका लागि वेबसाइट र मोबाइल एप्स संचालनमा ल्याएको छ । एप्स मार्फत क्वारेन्टाइन अनुगमन प्रणाली पनि शुरू गरिएको छ । यसलाई गृह मन्त्रालयले ‘कोभिड(१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिएको छ । यसरी सूचना प्राप्त गर्न  https://covid19.ndrrma.gov.np लगइन गरेपछि त्यहाँबाट सबै सूचना प्राप्त गर्न सकिने छ । मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (cobuddy) एप्स पनि प्रयोगमा ल्याएको छ। यसअघि क्वारेन्टाइनबाट मानिस भागिरहेका अवस्थामा उक्त एप्सले त्यसको निगरानी गर्नेछ।

यता नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण गर्न सक्ने ‘स्व–परीक्षण वेब एप’ सार्वजनिक गरेको छ । कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सकहरुको परामर्शमा वेब सञ्चालनमा ल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

वेबबाट कोरोना भाइरस संक्रमणको लक्षण रहे नरहेको आफैं परीक्षण गर्न सक्नुका साथै कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्ति दिलाउन सघाउने प्रवक्ता शर्माको भनाई रहेको छ । इन्जिनियरद्वय शशांकश्री न्यौपाने र दिपेश बिष्टले बनाएको एप www.nepalicongress.org/covid19/   मा गएर प्रयोगमा ल्याउन सकिन्छ ।

Share.

Leave A Reply