वैशाख ३ गतेसम्म लकडाउन थपियो,प्रधानमन्त्रीले आज देशवासीको नाउँमा सम्वोधन गर्ने

0

२५ गते । दोस्रो पटक थप गरिएको लकडाउन आज सकिदै थियो तर सरकारले वैशाख ३ सम्म लकडाउन गर्ने हिजो निर्णय गरेको छ । हिजो वसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै लकडाउनको अवधि दोस्रो पटक थपिएको हो ।

हालसम्म ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र एक जनामा स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवतजावतमा यस अघि कडाइ गरेको थियो ।

यसैविच आज प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ । अहिले विहान ११ उहाँले देशवासीको नाउँमा सम्वोधन गर्ने समय तय भएको छ यसैविच आज अपराह्न चार बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

बैठकमा कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवाद, स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको आदि विषयमा छलफल हुने बताइएको छ ।

Share.

Leave A Reply