गण्डकी प्रदेशमा कोरोना आशंकामा ६४ नमुना संकलन, ५० नमुनाको नतिजा नेगेटिभ

0

डोलराज रानाभाट, २४ चैत्र । गण्डकी प्रदेशमा आजसम्म ६४ वटा कोरोना संक्रमितको भएको आशंकामा नमुना संकलन गरिएको छ । जसमध्ये ५० वटाको नतिजा नेगेटिभ आइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । १४ वटा नमुनाको भने परीक्षण जारी रहेको छ । हिजो आज ३६ वटा नमुना संकलन गरिएको २२ वटाको नतिजा नेगेटिभ आएको छ । यसैविच चैत्र १२ गतेदेखि कृषि तालिम केन्द्र मालेपाटन पोखराको क्वारेनटाइनमा रहेका १६ जनाको भोलि नमुना संकलन गरेर परीक्षण गर्ने तयारी भएको छ । यसैविच गण्डकी प्रदेशले सुरु गरेको १०९२ हेल्लो डाक्टरमा ४५८ जनाले फोन गरेर चिकिस्तसकीय परामर्श लिएका छन् ।

Share.

Leave A Reply