गभर्नरमा महाप्रसाद अधिकारी

0

२४ चैत्र । नेपाल राष्ट्र बैँकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएपछि उहाँ लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहनुभएको थियो । उहाँसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । उहाँको अवधि ५ वर्षको हुनेछ ।

Share.

Leave A Reply