गैंडाकोट ३ केलादीमा आज राहत बितरण

0


क्षितिज आचार्य
चैत्र २३, गैडाकोट
गैंडाकोट जेसिजले गैंडाकोट ३ केलादीमा आज राहत बितरण गरेको छ ।

गैंडाकोट ३ वडा कार्यालयसँगको समन्वयमा केलादीमा ४२ घरधुरीलाई चामल, दाल, तेल, नुन वितरण गरिएको गैंडाकोट जेसिज २०२० का अध्यक्ष सुशील काफ्लेले जानकारी दिनुभयो ।

गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीको उपस्थितीमा ५५ हजार बराबरको राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाको त्राससगैँ गरिएको लकडाउनका कारण खाद्यान्न अभाव भएपछि विपन्न परिवारलाई सो सहयोग गरिएको उहाँको भनाई छ । साथै यो अभियान निरन्तर जारी रहने उहाँले बताउनुभयो । 

Share.

Leave A Reply