लकडाउनमा अटेर गरेपछि गैडाकोटमा औषधि र दुध विक्रिगर्ने वाहेक सवै पसल वन्द ,नमाने कानुनी कारवाही

0

डोलराज रानाभाट, गैडाकोट, २३ चैत्र । कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेसँगै गैडाकोट नगरपालिकाले लकडाउनमा थप कडाई गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ बाट वच्ने महत्वपूर्ण उपाय भनेको सामाजिक दुरी भएपनि गैडाकोटका जनताले लकडाउन कार्यान्वयनमा अटेर गरेपछि औषधि र दुध विक्रि गर्ने पसल वाहेक अन्य सवै प्रकारका सेवा वन्द गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।

जनताको स्वास्थ्य सुरक्षाका लागि लकडाउन भएपनि उनीहरुले अटेर गरेको भन्दै नगरप्रमुख छत्रराज पौडेलले दुध र औषधि विक्रि गर्ने वाहेक अन्य सवै प्रकारका पसलहरु ठप्प रहने बताउनुभयो । दैनिक तरकारी, खाद्य वस्तु विक्रि गर्ने पसल खुला गर्न दिँदा भीड कम गरेर खरिद विक्रि होला भन्ने अपेक्षा गरेपनि झन् साँझ पख भीड वढाउने र अटेर गर्ने हरु वढेपछि कडा कदम लिन वाध्य भएको उहाँले बताउनुभयो ।

यता इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रबहादुर थापाले पनि औषधि र दुध विक्रि गर्ने पसल वाहेक अन्य पसल खुला भए नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि वढाउने बताउनुभयो । आज सम्म अन्य पसलहरु खुला रहेपनि आज ४ बजेबाट औषधि र दुध विक्रि गर्ने पसल मात्रै खुला हुन दिने अन्य पसल खुले र अनावश्यक वाहिर हिँडे सवैलाई नियन्त्रणमा लिएर कारवाही गर्ने चेतावनी दिनुभयो । “हामीले आग्रह गरेका छौँ, इन्सपेक्टर थापाले भन्नुभयो, आग्रहलाई अटेर गरे नियन्त्रणमा लिएर कानुनी कारवाही गर्नेछौँ ।”

Share.

Leave A Reply