यस कारण लकडाउन , पालना नगरे कारवाही (कानुन सहित)

0

२१ औँ शताव्दीका मानिसहरुले कल्पना सम्म नगरेको नोभल कोरोना भाइरस जसलाई कोभिड १९ भनिएको छ, ले यतिवेला शक्तिराष्ट्रलाई समेत त्राहि त्राहि वनाइरहेको छ । आणविक हतियारको आडमा ध्वश मच्चाउने त्यही अनुसार एकले अर्कोलाई धम्काउने थर्काउने देशहरु सवै आक्रान्त छन् । न शत्रु खुशी छ यसमा न मित्र ।

यस्तो अवस्थामा विश्व मिल्नुको विकल्प नभएको विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले समेत भनेका छन् र सवै एकजुट भई सामाजिक दूरी कायम राखेर कोराना

विरुद्ध लड्न आह्वान गरिएको छ । ३१ डिसेम्बर २०१९ अर्थात् गत पुस १५ मा नै चीनको वुहानमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो तर स्थानीय हुबेई प्रान्तको प्रशासनले त्यसलाई पहिचान गर्नै सकेन जसले थप सक्रमण वढेपछि थप सहयोग माग गर्र्यो । तीन साताको प्रयास असफल भएपछि चीनले २० जनवरीमा कोरोना भएको भनी घोषणा गर्यो । त्यसको तेस्रो दिन अर्थात् २३ जनवरीमा वुहान शहर पूर्ण रुपमा लकडाउन गरियो ।

यति हुँदा सम्म पनि विश्वले खासै चासो देखाएको थिएन । अझै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त पत्रकार सम्मेलन मै यो चाइनिज भाइरस हो भन्दै पत्रकारको प्रश्नमा पनि सोही अड्डी कायम राखेका थिए तर अहिले अमेरिकामै यसले त्रास बढाइरहेको छ भने पछिल्लो समय १ लाख वढिमा कोरोना देखिएको छ र २ हजार वढिको मृत्यु भइसकेको छ । पछि विस्तारै १३ जनवरीमा थाइल्यान्ड, २० जनवरीमा दक्षिण कोरिया र २३ जनवरीमा भियतनाममा कोरोनाको संक्रमण देखिएसँगै केही सतर्क रहनुपर्ने चर्चा सुरु भयो ।

वुहान लकडाउन भएकै दिन अर्थात २३ जनवरी माघ ९ मा पनि नेपालमा एक संक्रमित भेटिए । चीनबाटै आएका उक्त व्यक्तिमा कोरोना पोजेटिभ देखिएपनि उपचार पछि निको भयो ।

तर पनि नेपाल सरकारले लकडाउन तर्फ ध्यान दिएन भने जहाजवाट आउनेहरुको ज्वरो नाप्न भने सुरु गरेको थियो । पछि चैत ४ मा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण देखियो त्यो पनि फ्रान्सबाट कतारसम्म सँगै आउनुभएकी भियतनामको साथीलाई कोरोना लागेको थाहा पाएपछि जचाउन ७ गते टेकु अस्पताल पुग्नुभयो ।

नमुना परीक्षणको नतिजा आउन तीन दिन लाग्यो र १० चैतमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २५ जनाभन्दा वढी भेला हुन नपाईने नियमकै अटेर गरी धेरै पत्रकारकावीचमा उक्त युवतीमा कोरोना भाइरस रहेको पुष्टी गर्नुभयो । त्यसपछि वल्ला सरकार तात्यो । सोही अवधिसम्म ६०० वटा नमुना परीक्षण सम्पन्न भईसक्दा उक्त एक युवतीमा कोरोना देखिएको हो । उहाँ सवार कतार एयरवेजको क्यूआर ६५२ बाट आउनुभएकी युवतीसँगै १५८ जना सवार रहेका थिए ।

दोस्रो संक्रमित भेटिएसँगै सरकारले चैत्र ११ गते ६ बजेदेखि लकडाउन घोषणा गर्र्यो चैत्र १८ सम्म । तर चैत्र १८ सकिनु र्दुइ दिन अघि चैत्र १६ गते बसेको मन्त्री परिषदको बैठकले चैत्र २५ गते राति १२ बजेसम्मलाई लकडाउनको समयवधि थप गरेको छ ।

त्यसको कारण छ , दोस्रो सँगै अन्य व्यक्तिमा पनि कोरोना संक्रमण देखिनु ।

दोस्रो संक्रमित भेटिएको दुई दिनपछि चैत्र १२ गते स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसवुक पेज मार्फत गरिएको लाइभबाट तेस्रो व्यक्तिमा पनि संक्रमण भएको पुष्टी भयो । धादिङका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएपछि उहाँको ट्राभल हिस्ट्री पत्ता लाग्यो । उहाँ चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट राति १० बजेर ९ मिनेट जाँदा नेपाल आउनुभएको थियो । आएकै दिन होटलमा बस्नुभयो । केही लक्षण नदेखिएका उहा परीक्षणअघि नै धादिङसम्म पुग्नुभयो । तर उहाको स्वास्थ्यमा समस्या आएपछि गत ११ गते चैत्र मंगलवार टेकु जानुभयो । उहाको भने भोलिपल्टै वुधवार पोजेटिभ रिपोर्ट आयो ।

त्यसपछि पहिलो पटक राजधानी वाहिरको अस्पतालमा रहेका ३४ वर्षीय पुरुषमा चौथो व्यक्तिको रुपमा कोरोना संक्रमण भेटियो । उहा चैत ६ गते नै दुबईबाट इमिरेट्स एयरको विमानमार्फत् भारतको राजधानी नयाँदिल्ली हुँदै भोलिपल्ट चैत्र ७ गते विस्टारा एयर युके १५५ फ्लाइट नम्वरको विमानबाट नेपाल भित्रिनु भएको थियो ।

१३ चैतमा कोरोना संक्रमण देखिएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिनुभएको हो । धनगढीको प्रादेशिक अस्पतालमा उपचाररत उहा काठमाडौं आएको भोलिपल्ट बुद्ध एयरबाट नेपालगञ्ज त्यहाँबाट सार्वजनिक बस चढेर धनगढी पुग्नुभएको थियो। धनगढीको उहाँ ११ गते अस्पताल पुग्नुभयो । कोरोना संक्रमण भएको रिपोर्ट तीन दिनपछि अर्थात् चैत्र १४ गते आयो जुन कुरा डा. देवकोटाले साँझ ६ बजेर ५१ मिनेट जादा लाइभ मार्फत जानकारी गराउनुभयो ।

आजको अन्तिम अपटेड भएको डाटा

पाँचौ संक्रमितको रुपमा बागलुङकी १९ वर्षीय युवतीमा संक्रमण देखियो । उहाँ बेल्जियम बाट कतार हुँदै चैत्र ४ गते १७ मार्चमा क्युआर ६५२ फ्लाइटबाट नेपाल आउनुभएको थियो । उहाँ संक्रमित भएको पुष्टी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चैत्र १५ गते लाइभ मार्फत पुष्टी गर्नुभयो । उहाँ काठमाडौंबाट यती एयरलाइन्सको विमान चढेर पोखरा पुग्नुभयो । पोखरामा पुगेर आफन्तकहाँ बस्नुभयो र माइक्रोबस चढेर बागलुङ जानुभएको पोखरा स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले माइक्रो का चालक सहित धेरै सम्पर्कमा आएको र परिवार सहित संक्रमित विरामीको उपचारका लागि टोली वाग्लुङमा पुगेको  भनाई छ ।

यसरी एक पछि अर्को केश देखिदै जाँदा सवैभन्दा पहिला विदेशबाट आएका सवैको पहिचान गरी जसको १४ दिन नकटेको छ उहाहरुको परीक्षण गर्नुपर्ने र कोरोना भएको नभएको परीक्षण गरी स्पष्ट हुनुपर्ने अहिलेको आवश्यकता हो । यसरी विदेशबाट आएका व्यक्तिहरुसँग सम्पर्क वढ्छ भनेरै नै गरिएको लकडाउन कार्यान्वयन गर्नु आज सवै नागरिकको कर्तव्य वन्न जान्छ । किनकी कोरोना संक्रमण फैलन नदिन गरिने एकमात्रै मुख्य उपाय नै सामाजिक दूरी हो जसले मानिसवीचको भीड, सम्पर्क कम गर्छ र संक्रमण फैलन दिँदैन । अव माथि संक्रमित देखिएका हरुको ट्राभल र कन्ट्याक्ट हिस्टोरी पत्ता लगाइ ती सवैमा कोरोना संक्रमण भएको नभएको पत्ता लगाउनमा    सरकारको सक्रियता हुनुपर्छ ।

हिजो मात्रै चैत्र १६ गते वुटवलमा एक युवाको मृत्यु भएको छ । कोरोना आशंकामा वुटवल धागो कारखानामा बनाइएको कोरोना अस्थायी अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको छ । चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आउनुभएको उहाँ चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आउनुभएको थिए ।यद्यपी कोरोनाका कारण वुटवलमा पुरुषको मृत्यु भएको आशंका गरिएपनि नमुना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । आज मात्रै नतिजा आएको हो ।


यस्तो अवस्थामा सरकारले गरेको लकडाउन कार्यान्वन नभए कानुनी कारवाही हुने गर्दछ । कानुनी कारवाही गर्ने अधिकार पनि अदालत वकिल आवश्यक पर्दैन । प्रमुख जिल्ला अधिकारीको सिधा निर्देशनमा कारवाही गर्न मिल्ने व्यवस्था संक्रामक रोग ऐन २०२० मा छ भने त्यसैको आधारलाई टेकेर अहिले लकडाउन जारी रहेको छ । त्यसैले घरभित्रै वसौँ, विश्वमहामारी कोरोनाबाट जोगिऔँ ।

Share.

Leave A Reply