कोरोना संक्रमित सबैभन्दा धेरै अमेरिकामा

0


एजेन्सी, १४ चैत । कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा पुगेको छ ।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङ्क्रमितको संख्या ८२ हजार नाघेकोे छ ।
चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ ।

 

संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ ।

 

करिब २३ हजार मानिसको ज्यान गइसकेको छ ।

 

विश्वमा पाँच लाख भन्दा बढी संक्रमित पुगेका छन् । विकसित मूलकमा धेरै परिक्षण हुँदा धेरै संक्रमित बढेको हो । अविकसित मुलुकमा परिक्षणका लागि किटको अभाव हुँदा धेरै परिक्षण हुन सकेको छैन । विश्वमा कोरोनाको संक्रमण धेरैलाई भएको हुन सक्ने अनुमान समेत गरिएको छ ।

Share.

Leave A Reply