वडामा लकडाउन गराउन वडाअध्यक्ष आफै फिल्डमा

0


माया कंडेल
गैडाकोट वडा नम्बर ५ का वडाध्यक्ष नवराज कंडेलले वडा नम्बर ५ मा लकडाउनको पूर्णरुपमा पालना गराउनका लागि आफै सक्रिय हुनुभएको छ । गैंडाकोट ५ का स्थानीयको गुनासो आएपछि आफै सक्रिय भएर लागेको विजय एफएमलाई जानकारी दिनुभएको छ । वडाका सचेत नागरिकले गैंडाकोट ५ मा लकडाउनको पालना नभएको जानकारी गराएपछि कालिका चोक, गणेश मन्दिर चोक लगायतका बिभिन्न चोकमा आफैं पुगेर हालसम्म २६ जना मोटरसाईकल चालकलाई सम्झाई बुझाई, साथै कार्यवाही स्वरुप उठबस गराएको वडाध्यक्ष कंडेलले बताउनुभयो । साथै उहाँले लकडाउनको पूर्ण रुपमा पालना गर्न, सरसफाई ध्यान दिन आवश्यक रहेको बताउनुधयो । उहाले केहि असहज भएमा वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न समेत आग्रह गर्नूभएको छ ।

Share.

Leave A Reply