पोलले ल्यायो उमङ्ग, गैँडाकोट १८ मा बिजुली बल्ने आशा पलायो

0


माया कंडेल
गैँडाकोट । पटक पटक विद्युत् विस्तारका लागि पोल गाड्ने, तार तान्ने र अब बिजुली आउँछ भनेर आश्वासनमात्रै सुनेर आजित भएका गैँडाकोट १८ वासीमा यसपटक भने केही आशा पलाएको छ । पटक पटक टेन्डर आÞवान गरिए पनि अहिलेसम्म बिजुली बाल्न नपाएका स्थानीयमा यसपटक भने उत्साह छाएको छ । गाउँमा बिजुलीका पोल झरेपछि उमङ्ग ल्याएको प्रतिक्रिया स्थानियले दिएका छन् ।
गैँडाकोट १८ दमारबेसीकी चेतमाया लुङगेलीले भन्नुभयो –“बाबु बाजेले उज्यालो गाउँ देख्न पाएनन् आशम गर्दै वर्षौं त्यिो । अहिले भने गाउँमा पोल लस्करै गाडेको देख्दा खुसी लागेको छ ।”
गैँडाकोट १८ का स्थानीयले धेरै पटक बिजुली बाल्न पाइन्छ भन्ने कुरा सुने, आशा पनि गरे तर बिजुलीको उज्यालोमा बस्न पाएनन् त्यही पटक पटकको आश्वासनले गर्दा झट्ट आशा गर्न र भर पर्न पनि सक्दैनन । स्थानीय ६८ वर्षीय कान्छीमाया श्रेष्ठ भन्नुहुन्छ– “पहिले पनि त्यसै भन्थे आउन सकेन तर अहिले भने आउँछ जस्तो लागेको छ ।”
गैँडाकोट १८ लाई उज्यालो बनाउने राजनितिक दलको चुनावी नारा नै बन्ने गरेको थियो तर यसपटक गाउँमा बिजुलीका पोल गाड्ने काम तीव्र रुपमा हुँदा बिजुलीको उज्यालोमा बस्ने सपना पूरा हुन्छ कि भन्नेमा स्थानीय आशावादी बनेका छन् । बिजुलीका पोल टोल टोलमा पुगेसँगै बिजुली आउनेमा आशा जगाएको स्थानीय श्रीमाया आले बताउनुहुन्छ ।
पहिले जे भएपनि अहिले हुँदै गरेको काम छिटो भइदिए र गाउँमा नै बिजुली बाल्ने सपना पूरा हुने गैँडाकोट १८ आहालेका लेखबहादुर रुवाले मगर बताउनुहुन्छ । स्थानीय चुमानसिंह चितौरेले बिजुली गाउँमा आउँछ भन्ने आश्वासन पाइरहेको बताउनुहुन्छ । यही आश्वासनकै भरमा धेरै समय गुर्जे पनि अब भने केही हुन्छ भन्ने आशामा रहेको उहाँको भनाइ छ ।
गाउँमा बिजुली आउने भनेपछि स्थानीयवासीमा उमङ्ग छाएको छ । गाउँमा वायरिङका काम पनि सुरु भइसकेका छन् । अब १० रुपैयाँको फोटोकपीका लागि १ हजार खर्च गर्नु नपर्ने गैँडाकोट १८ दमारका तिलबहादुर माप्छन बताउनुहुन्छ । उहाँले विगत सम्झदै भन्नुभयो –“एउटा फोटोकपी गर्न गाडीमा १० किलोमिटरको यात्रा गर्नुपर्छ, खाना खाजा उस्तै परे बास खर्च त कति हो कति ?”
वडामा बिजुलीको काम गर्न ढिलो भएको स्वीकार्दै अहिले भने सबैको सहकार्यमा तदारुकताका साथ काम भइरहेको वडाध्यक्ष तिलबहादुर चितौरेको भनाइ छ । उहाँले टेन्डर प्रक्रिया अघि बढेसँगै पोल झार्ने खाल्डो खन्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो –“वर्षौदेखि बिजुलीको पर्खाइमा रहेका स्थानीयको सपना पूरा गर्न कस्सिएको छु ।” सो कार्यका लागि ‘विकासका लागि सञ्चार अभियान ः हाम्रो गाउँ हाम्रो आवाज’को घोषणा गरी विजय एफएम र विजय खबर पत्रिकामार्फत आवाज उठाउँदै आएको छ ।


आउँदो फागुनमा बिजुली बल्छ ः यादव
बिजुलीका पोल झारेर गैँडाकोट १८ मा विद्युतीकरणका लागि तीव्र रुपमा काम भइरहे पनि वडावासीहरुले झट्ट विश्वास गर्न सक्दैनन् । यसअघि पटक पटकको आश्वासन र कामले पूर्णता नपाएपछि आजित बनेकाहरु छिटो बिजुली आए जीवनयापन सहज हुने बताउछन् । यसै सन्दर्भमा हामीले नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख मधुसुदन यादवसँग गैँडाकोट १८ लाई उज्यालो वडा बनाउन भइरहेका पहल र कामका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश ः
गैँडाकोट १८ मा विद्युतीकरणको काम कसरी अघि बढिरहेको छ ?
गैँडाकोट १८ मा विद्युतीकरणको काम टेन्डरको काम भदौदेखि नै सुरु गरेको हो । टेन्डर प्रक्रियामा केही समस्या आएपछि दुई पटकसम्म पुनः टेन्डरको प्रक्रियामा गएको थियो । अहिले भने त्यस टेन्डर प्रक्रियालाई पूर्णता दिई सम्झौता भइसकेको छ । सबै कन्ट्रयाक्टरहरुले स्थलगत अवलोकन गरिसकेका छन् । उनीहरुले पोल गाड्ने काम गरिरहेका छन् । यसपछि हार्डवेयरका सामान जान्छ । त्यस हिसाबले काम भइरहेको छ र बिजुली नबल्दासम्म नियमित काम हुन्छ ।
अहिले विद्युतीकरणका लागि आवश्यक कस्ता कस्ता सामग्री आइसकेका छन् ?
अहिले पोलहरू आइसकेका छन् । हेटौंडाबाट इन्सुलेटर पनि मगाइसकिएको छ । अझै आउने क्रम जारी छ । प्राविधिक कार्यालयबाट तारको टेन्डर पनि भइसकेको छ । पोल गाडेर सक्ने बेलासम्म तार पनि आइपुग्छ ।
फिल्डमा हुनुपर्ने कति काम सम्पन्न भएको छ ?
पोल गइसकेका छन् । फिल्डको कामका लागि वडाअध्यक्षलगायत जनप्रतिनिधीहरुसँग समन्वय गरेर अघि बढिरहेका छौं । फिल्डमा आउनसक्ने बाधाका लागि सहज वातावरण गराइदिनुहोला भनेका छौं । जनमानसमा केही भ्रम हुनसक्छ भनेर हो तर त्यस्तो समस्या आएको छैन । पोल गाड्ने र खाल्डो खन्ने कन्ट्रयाक्टरहरुले काम गरिरहनुभएको छ ।
जनमानसमा भएको भ्रम के हो ?
जनमानसमा घर अगाडि पोल प¥यो, तार प¥यो भन्ने खालको गुनासाहरु आउने गर्छन् । आखिर त्यो कसैको घर अगाडिवाट नै जाने हो । घरभित्र बिजुली पुगिरहेकै हुन्छ । त्यस खालको भ्रम हटाउनुपर्छ । ११ हजारको लाइन जाँदा हामी क्लियरेन्स हुन्छौँ । त्यस हिसाबले अठ्यारो हुन सक्छ कि भनेर हामी सचेत छौँ । अहिले केही असहज स्थिति छैन । मलाई लाग्छ स्थानीय पनि यसमा सचेत हुनुहुन्छ ।
तत्काल कुन–कुन क्षेत्रमा बिजुली बल्छ ?
बिजुलीको तार एस पी र एल टी छन् । एल टी लाइन जुन घर घरमा जान्छ यो ठूलै आकारमा हुनेछ । एस पी लाइन ६ किलोमिटरको हुनेछ । ठाउँठाउँमा ट्रान्समिटरहरू बस्नेछन् । त्यस स्थानबाट घर घरमा पु¥याइने तार हेर्दा यसले वडाका धेरै स्थानमा पुग्नेछ । यो ठूलो आकारको हुनेछ ।
स्थानीयले कहिलेसम्म बिजुली बाल्न पाउँछन् ?
बिजुली बाल्नका लागि एसपी लाइन बन्ने बित्तिकै ट्रान्समिटर जडान गरेपछि बिजुली बल्छ तर कन्ट्रयाक्टरलाई दिइएको काम हो । यसका लागि एउटा प्रक्रिया छ । त्यसका लागि समयसीमा तोकिएको छ । त्यसका लागि एक वर्षको समयसीमा तोकिएको छ । आउँदो फागुनसम्ममा सबै काम सम्पन्न हुने गरी सम्झौता भएको छ । सम्भवतः २०७७ फागुनसम्ममा बिजुली बल्छ ।

Share.

Leave A Reply