मध्यविन्दु नगरप्रमुख र उपप्रमुखको गाडी सुरक्षा निकायलाई प्रदान

0

 

मध्यविन्दु नगरपालिकाले कोरोना रोकथामका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ । नगर भित्र क्वारेन्टाइन निर्माण देखि आवश्यक स्वास्थ्य सतर्कताका लागि जनप्रतिनिधी सहित टोलि खटिएको छ । कोरोना रोकथामको अभियानलाइ थप शसक्त वनाउन मध्यविन्दु नगरपालिका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने सवारी सुरक्षा निकायलाइ प्रयोगका लागि प्रदान गरिएको छ ।

 

नगर प्रमुख चन्द्र वाहादुर राना र उपप्रमुख ओमकुमारी महत्तोले प्रयोग गर्दै आउनु भएको दुइ वटा सवारी साधन नगर भित्र आवश्यक सुरक्षा व्यवस्थापन, नियमन र अनुगमन प्रयोगको लागि प्रहरी र शसस्त्र प्रहरी वललाइ प्रदान गरिएको हो । मध्यविन्दु नगर प्रमुखले प्रयोग गर्नु भएको स्कार्पियो तमसरिया प्रहरी चौकी चोरमारा र सशस्त्र प्रहरी बल चोरमारालाई संयुक्त रूपमा प्रयोग गर्ने गरि प्रदान गरिएको छ ।

 

त्यसैगरी उपप्रमुख ले प्रयोग गर्नुहुने स्कार्पियो पिकअप क्याव गाडि कोल्हुवा प्रहरी चौकी कोल्हुवा र अरुणखोला प्रहरी चौकी आरुणखोला लाई संयुक्त रुपमा आलोपालो प्रयोग गर्ने गरि प्रदान गरिएको मध्यविन्दु नगरपालिकाले जनाएको छ । मध्यविन्दु नगरपालिकामा प्रत्येक वडामा निर्माण गरिएको क्वारेन्टाइनको व्यवस्थान, विदेश वाट आएका नागरीकको पहिचान ,आवश्यक सुरक्षा प्रवन्धका लागि सुरक्षा निकायलाई सहज होस भनि जनप्रतिनिधीले प्रयोग गर्ने सावारी सुरक्षा निकायलाइ प्रदान गरिएको मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र वाहादुर रानाले वताउनु भयो ।

Share.

Leave A Reply