बिष्णुनगर क्वारेन्टाइनमा कावासोती नगरपालिकाद्धारा ६ वटा वेडको व्यवस्था

0


बिष्णु गौडेल
कावासोती नगरपालिका ६ बिष्णुनगरमा तयार पारिएको क्वारेन्टाइनमा भुइमै विस्तारा लगाउनु परेको समाचार मध्यविन्दु एफएम मार्फत सार्वजनिक भए पछि ६ वटा वेडको व्यवस्था गरिएको छ । कावासोती तगरपालिकाले विहिवार दिउसो ६ वटा वेड क्वारन्टाइन कक्षमा उपलव्ध गराएको हो । कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया, स्वास्थ्य शाखा प्रमुख कष्ण नागिला सहितको टोलिले जनतामावि बिष्णुनगरमा वनाइएको क्वारेन्टाइनमा वेड पुर्याउनु भएको हो ।

वुधवार स्थापना गरिएको क्वारेन्टाइनमा तिन जना सर्वसाधारण भुइमै विस्तारा लगाएर वस्न वाध्य भएको समाचार मध्यविन्दु एफएम मार्फत प्रशारण भएको थियो । कावासोती नगरपालिकाले उपलव्ध गराएको वेडमा विदेश वाट आएका ६ जना नै वसेको वडा अध्यक्ष हेमुप्रसाद पाण्डेले जानकारी दिनु भयो । वुधवार आपतकालिन अवस्थामा भुइमा नै विस्तारा लगाइएको भए पनि विहिवार नगरपालिकाको संमन्वयमा वेड व्यवस्थापन गरिएको वडा अध्यक्ष पाण्डेले वताउनु भयो ।

कावासोती नगरपालिकाले नगर भित्र प्रत्येक वडाहरुमा क्वारेन्टाइन कक्ष निर्माण गरेकाले आवश्यक समाग्रि व्यवस्थापन गर्न कठिन भएको कावासोती नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनियाले वताउनु भयो ।

Share.

Leave A Reply