परिस्थिति जस्तो सुकै होस्, मनस्थिति बलियो बनाउनुहोस् – मनोचिकित्सक भन्तना

0


माया कंडेल
गैँडाकोट । विश्वमा फैलिरहेको कोरोना भाईरस नेपालमा देखीए पनि नआत्तिन मनोचिकित्सक गिरिराज भन्तनाले आग्रह गर्नुभएको छ । विजय एफएमसंगको कुराकानीमा विश्वमा देखिएको भाईरस नेपालमा देखियो भनेर आत्तिन भन्दा पनि हरेक व्यक्ति सचेत बन्न आवश्यक रहेको उहाँको भनाई छ । यो जसरी देखिएको छ , त्यसरी नै हराउने र चिन्ता गर्नुपर्ने भन्दा केहि समयका लागि सचेत बन्दै बस्न आवश्यक रहेको बताउनुभयो । केहि समयपछि विस्तारै मानिसको रोग प्रतिरोधात्मक क्षमता बिकास हुदै जाने र भाइरस कमजोर बन्ने हुदा चिन्तीत हुन भन्दा धेरै सजग बन्न आग्रह गर्नुभयो । मनस्थिीति कमजोर हुने जुनसुकै उमेर समुहको व्यक्तिलाई मानसिक समस्या डिप्रेसन जस्ता समस्या आउने बताउदै मनोवल उच्च राख्न आग्रह गर्नुभयो । अहिले बिशेषगरि सामाजिक सञ्जालदेखि हरेक क्षेत्रमा कारोना भाइरसको कुरा हुने भएकाले पनि हरेक व्यक्तिको मनमा डर पैदा गरेको हुनाले आवश्यक चर्चा र आधाकारिक समाचार हेर्न पढनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो परिस्थिति जस्तो सुकै होस्, मनस्थिति बलियो बनाउनुहोस् ।
यो समय सबैले आफ्नो मनोबल उच्च बनाउदै आशा र भरोशाका साथमा बाच्न आवश्यक रहेको बताउनुभयो । प्रकृतिलाई मान्छेले जित्न सक्दैन त्यसैले यसलाई स्विकार्दे अगाडी बढनुपर्ने बताउनुहुन्छ ।
मनोचिकित्सक भन्तनाले हरेक व्यक्तिले मनस्थिीति दरो बनाउन आवश्यक रहेको बताउदै यो केहि समयका लागि हो र मैले यस्ता समस्या सामना गर्न सक्छु भन्ने सोच सबैले बिकास गर्नुपर्ने बताउनुभयो ।
अहिलेको यो अवस्थामा व्यक्ति घरबाहिर हिडन नहुने भिडभाडमा बस्न नपाउने, सेल्फ क्वाराईटेन्टमा बस्नुपर्ने अवस्था छ त्यसैले पनि व्यक्तिको मनमा हिनता उपलब्ध हुन्छ त्यस्तो अवस्था हुन नदिन व्यस्त बन्न र दैनिक रुपमा गर्दै आएका काम गर्नै र परिवार संग समय बिताउदा मनोबैज्ञानिक समस्या नआउने बताउनुहुन्छ । आफुले दैनिक घरमा गर्दै आएका काम, परिवारसंगको सहकार्य र सिर्जनात्मक कार्यहरुमा समय बिताउनुपर्ने बताउनुभयो । छुटटै काम गर्छु भन्दा पनि सधै गरिआएका कामलाई निरन्तरता दिनुपर्छ । तर अन्य व्यक्तिसंगको हेलमेल नहुन आग्रह गर्दै यो समयमा भाईरसजन्य कोरोनाबाट ब्रच्न समयसमयमा व्यक्तिले साबुन पानीले हात धुने व्यक्तिगत सरसफाईमा ध्यान दिने, मानीसको भिडभाडबाट टाढा हुन पर्ने बताउनुहुन्छ । साथै आत्तिने, चिन्तित हुने र डराउदा मनोबैज्ञानिक असर पर्ने हुदा नआत्तिकन बस्न आग्रह गर्नुभयो ।
मानसिक स्वास्थ्य प्रति जिम्मेवार हुन हरेक व्यक्ति आवश्यक भएको बताउनुभयो । व्यक्ति मात्र नभएर सरकारी निकायले पनि यसमा ध्यान दिन आवश्यक भएको मनोचिकित्सक भन्तनाले बताउनुभयो ।

Share.

Leave A Reply