कोरोना भाइरसको विहान १० बजेसम्मका विवरण, मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

0

१३ चैत्र । विश्व महामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नेपाल सरकारले थालनी गरेको लकडाउनको आज तेस्रो दिन । जनताले पूर्णरुपमा घरभित्र वसेर साथ दिइरहेका छन् । हालसम्म तीन जनामा कोरोना भाइरस देखिएपछि एक जनालाई निको भइसकेको छ भने अन्य दुई जनाको उपचार जारी रहेको छ । यता भारतमा भने १३ जनाको मृत्यु भइसकेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गइसकेको छ ।

भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ । भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । यसैविच विश्वभर ज्यान गुमाउने संख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ ।

योसँगै विश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार २ सय ९३ पुगेको छ । यस्तै इटलीमा मात्रै सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । यो चीनको भन्दा पनि धेरै हो । चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको ज्यान गएको छ । अहिलेसम्म विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्रा्ष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा सङ्क्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन् ।

इता, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् । अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताए । यो महामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको ज्यान जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

Share.

Leave A Reply