लकडाउन उल्लंघन गर्ने ३० जना व्यक्तिलाई चितवन प्रशासनको कारवाही, सुध्रिन सुझाव सहित २२३ सवारी छाडियो

0

डोलराज रानाभाट, १२ चैत्र । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस कोभिड १९ संक्रमण हुन नदिन गरिएको लकडाउन उल्लघंन गर्ने ३० जना व्यक्तिलाई कारवाही गरेको छ । अटेरी गरी जवरजस्ती लकडाउन उल्लङघन गर्ने २९ जना पुरूष र १ जना महिलालाई जनही एक हजार जरिवाना गरी छाडिएको छ । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ । त्यस्तै लकडाउन उल्लङ्घन गर्ने २२३ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय चितवनले छाडिदिएको छ । जसमा १८३ वटा मोटरसाइकल, २४ वटा स्कुटी, २ वटा कार, २ वटा बोलेरो, १ वटा म्याजिक, ६ वटा अटो, ३ वटा ट्याक्टर र २ वटा ट्रकलाई पहिलोपटको लागी सुध्रीने मौका दिई सम्झाई वुझाई गरी पुनह गल्ती नदोहोरयाउने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएपी एक नारायण कोइरालाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply