मध्यविन्दुको बसन्तपुरका एक जना भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना

0

बिष्णु गौडेल,
नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्वर ९ बसन्तपुरका एक जना भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका छन् । केहि दिन अघि भारत वाट आएका उनमा ज्वरो देखिए पछि उपचारका लागि भरतपुर लगिएकोमा थप उपचारका लागि चिकित्सकले भरतपुर कोरोना विशेष अस्पतालमा राखेको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरेलले जानकारी दिनु भयो । भारत वाट छोरा सहित आएकामा बावु छोरा दुवै जनालाई ज्वरो आएपछि उपचारका लागि भतपुर लगिएको थियो । चिकित्सकले छोराको अवस्था सामान्य रहेको भन्दै घर पठाएका छन् भने बावुलाइ थप उपचारका लागि भरतपुर कोरोना बिशेष अस्पतालमा लगिएको हो । त्यसैगरी मध्यविन्दु नगरपालिकाको जनतासिद्ध अमर मावि लुसलहरीमा दुइ जना क्वारेन्टाइनमा राखिएको छ । केहि दिन अघि भारतवाट आएका दुइ जनालाइ आज क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

Share.

Leave A Reply