लकडाउन उल्लघंन गर्ने १५ मोटरसाइकल गैडाकोट प्रहरीको नियन्त्रणमा,भोलिबाट थप कडाई गरिने

0

डोलराज रानाभाट, ११ चैत्र । नेपाल सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमण हुन नदिन आज देखि सुरु गरेको लकडाउन उल्लंघन गर्ने १५ वटा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ ।

हिजो साँझ देखिनै अत्यावश्यक काम वाहेक वाहिर नआउन सूचना जारी गरेपनि उल्लघंन गरी मोटरसाइकल चलाउने चालक सहितलाई निन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । जनताको स्वास्थ्यका लागि सरकारले गरेको नियम समेत उल्लघंन गरेर विना काम घुम्न निस्कने समेत पाइएको भन्दै सरकारको कदमलाई हल्का रुपमा नवुझ्न उहाँको आग्रह छ ।

नेपालमै यो पहिलो अभ्यास जस्तै रहेका कारण पनि आज केही छुट दिएको भएपनि उल्लघंन गर्ने वढ्दै गएपछि थप कडाई गरिएको छ । नियन्त्रणमा लिएको मोटरसाइकल र चालकलाई सचेत गराएर नियन्त्रणमा लिइएको दुई घण्टा पछि छोडिएको छ । तर भोलिबाट कारवाहीको प्रकृया अघि वढाउने गरी लकडाउन उल्लघंन गर्नेलाई नछाड्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

भोलिबाट थप कडाई गरिने बताउँदै थापाले प्रशासनको अनुमति प्राप्त सवारी साधन सहित अत्यावश्यक वाहेकका निजी सार्वजनिक मोटरसाइकल, कार, वस कुनैपनि चल्न नदिने बताउनुभयो । को यो भाइरसबाट प्रभावित छ भन्ने नै थाहा नहुने र कसैले हाच्छुँ वा खोक्दा छिटा पर्नासाथ नाक,मुख र आँखामा छुनाले सरिहाल्ने महामारीको भाइरसको संक्रमण हुन नदिनेगरी गरिएको लकडाउनको अर्थ बुझिदिन र घरमै वसेर सुरक्षित रहन सरकारले पनि आग्रह गरेको छ ।

जिल्लामा खाद्यन्न,ग्यास,पेट्रोल केहीपनि अभाव नभएको भन्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरले पनि प्रशासनले कडाइ गरेको र नियम उल्लघंन गर्नेलाई कानुनी कारवाही गर्ने प्रष्ट पार्नुभएको छ । कानुन अनुसार लकडाउन उल्लघंन गरे ६ महिना जेल सजाय हुन सक्ने प्रावधान रहेको छ । भोलि विहानैबाट थप कडाईका साथ फिल्ड प्रहरी रहने हुनाले हलुका रुपमा लिएर अनावश्यक वाहिर हिँड्ने, घुम्ने नगर्न थप सचेत गराइएको छ ।

Share.

Leave A Reply