यस संक्रमणको नकारात्मक प्रभावले धेरै वर्षसम्म प्रभाव पर्ने निश्चित छ

0


सुरुमा चिनको हुवान प्रान्तबाट फैलिएको नोवेल कोरोना विश्वव्यापी रुपमा तीव्र गतिमा विस्तार भइरहेको छ । कम क्षमता भएका देशहरुमा नफैलिँदै विश्वका महाशक्ति राष्ट्रहरुमा व्यापक प्रभाव देखिँदैछ । अमेरिका, फ्रान्स, इटाली, क्यानडा, जर्मनीजस्ता कुनै पनि महामारी वा दैविक प्रकोपसँग सहज रुपमा अवतरण गराउने संरचना भएका विकसित देशहरुमा समेत त्रासदीपूर्ण स्थिति छ । यसबाट कोरोनाको प्रभाव गरिब मुलुकमा प¥यो भने अवस्था के हुन्छ भन्ने आँकलन सजिलै गर्न सकिन्छ ।
कोरोना भाइरस (कोविड–१९) ले विशेषतः दीर्घरोगी, रोगसँग लड्न सक्ने क्षमता कम भएका, सुगर, मुटु रोगी र फोक्सोका बिरामीहरुलाई छिटो आक्रमण गर्दछ । यस रोगका मुख्य लक्षणहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न अप्ठ्यारो हुने र ठाउको दुख्ने प्रमुख हुन् । यसको प्रभाव २ दिनदेखि २ हप्तासम्म देखापर्दछ । यसले गर्दा विशेषतः फोक्सोमा पानी जम्मा हुन्छ र सास फेर्न नसकेपछि बिरामीको मृत्यु हुन्छ । एकै दिनमा इटालीमा ४५० जनाभन्दा बढीको मृत्यु हुनु, अमेरिकामा न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा २ लाखदेखि २२ लाख मानिसहरुको मृत्यु हुने अनुमानले यस महामारीको भयावहलाई स्पष्ट रुपमा चित्रण गर्दछ ।
विभिन्न मुलकहरुले आवत–जावतमा प्रतिबन्ध लगाउनु, भेटघाट बन्द गर्नु, राहतका प्याकेज बनाउनु, भ्याक्सिन बनाउन विभिन्न देशका वैज्ञानिकहरु निरन्तर लागिपर्नुले नियन्त्रणका लागि विश्वव्यापी प्रयासहरु भइरहेका छन् तैपनि यसप्रकारका भाइरलले ४० देखि ६० प्रतिशतसम्म जनसंख्या संक्रमण हुनसक्छ भन्ने कुरा यसअघिका अध्ययनहरुले देखाएको छ । यसको प्रभावले भविष्यमा के हुने भन्नेमा विभिन्न अड्कलबाजीहरु भइरहेका छन् । पहिलो, यस विरुद्धको खोप तयार हुन्छ जसले नियन्त्रण गर्न सकिन्छ । दोस्रो, जेष्ठ नागरिकहरुलाई बढी असर गर्ने हुँदा औसत आयु संसारभरि कम हुनेछ । त्यसैगरी गर्मी बढ्दै जाँदा रुघाखोकी कम हँुदै गए जस्तो यसको विस्तार र प्रभाव कम हुँदै जानेछ तर अबको जाडो सिजनमा पुनः विश्वव्यापी रुपमा देखापर्न सक्छ । फेरि देखापरे पनि सतर्कता र प्रविधिको विकासले अहिलेका रुपमा क्षति हुने छैन ।
बहु आयामिक प्रभावहरु ः
विश्व अर्थतन्त्रमा यसको प्रभाव हालसम्मकै सबैभन्दा धेरै पर्ने निश्चित छ । सन् २००८ मा भएको आर्थिक मन्दीले विशेषतः अमेरिका र युरोपमा मात्र असर गरेको थियो । त्यस क्षतिलाई कम गर्न एसिया, अस्ट्रेलिया र अफ्रिकाको अर्थतन्त्रले सघाएको थियो । यसवर्ष विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन ३% अनुमान गरिएको थियो । अहिले १% मा सीमित हुने अनुमान गरिएको छ । यो संक्रमण लम्बियो भने ऋणात्मक हुने सम्भावना छ । नकारात्मक हुनबाट जोगाउने धनी राष्ट्रहरु अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुले ठूलो राहतको प्याकेज घोषणा गरिसकेका छन् । तैपनि यस संक्रमणको नकारात्मक प्रभावले धेरै वर्षसम्म प्रभाव पर्ने निश्चित छ ।
नेपालमा पर्ने प्रभाव ः
नेपाल गरिब मुलुकमध्ये पर्ने देश भएकाले स्वाभाविक रुपमा यस संक्रमणसँग लड्न सक्ने मानवीय स्रोत, भौतिक संरचना, बोर्डर सुरक्षा र सचेतनाको स्तर अत्यन्त कमजोर छ । अर्कातर्फ औसत आयु ७१ वर्ष भएकाले रोगसँग लड्न सक्ने क्षमता भएका नागरिकको सङ्ख्या अधिक छ तर धेरैजसो युवाहरु विदेशमा लक डाउनमा परेको अवस्था छ । नेपालको आर्थिक वृद्धिदर करिब ७% हुने प्रक्षेपण गरिएको थियो । यस संक्रमणले करिब ३% मा खुम्चिने अवस्था सिर्जना भएको छ । नेपालको अर्थव्यवस्था विशेषतः कृषि, सेवा क्षेत्र, रेमाट्यान्स र पर्यटनमा गरी ८०% भन्दा बढी निर्भर छ । पर्यटन क्षेत्रले करिब ९% रेमिट्यान्सले, २९% कृषि करिब ३०% सेवा क्षेत्रले १५% भन्दा ओगटेको छ । पर्यटन क्षेत्रमा होटल, हवाई जहाज, ट्रेकिङ र यातायात पर्दछन्, जुन ठप्पप्रायः छन् । १३ लाख ५० हजार प्रत्यक्ष रोजगारी दिएको क्षेत्र तहसनहसको अवस्था छ । जसले गर्दा बेरोजगारको सङ्ख्या बढ्ने र पर्यटन क्षेत्रमा भएको लगानीले बैंक तथा वित्तीय संस्थालाई प्रत्यक्ष असर गर्ने देखिन्छ ।
अर्को क्षेत्र सेवा प्रदान गर्नेमा बैंक, वित्तीय संस्था, बिमा, स्वास्थ्य र शिक्षा प्रमुख रुपमा रहेका छन् । शिक्षा प्रदान गर्ने निकाय केही समयका लागि बन्द भएका छन् । कोरोनाको संक्रमण लामो रहेन भने यो क्षेत्र छिट्टै नै उठ्न सक्दछ । विशेषतः विदेशी सहयोगमा कमी, रेमिट्यान्स आउन कम भएमा, पूर्वाधार निर्माण र अभिभावकले शैक्षिक शुल्क तिर्न नसक्ने अवस्था सिर्जना हुन सक्दछ । यस संक्रमणले सबैभन्दा बढी असर बीमा कम्पनीमा पर्न सक्छ । बीमा कम्पनीहरुले दिनुपर्ने क्षतिपूर्तिले बीमा व्यवसाय चौपट हुन सक्छ । बिमा र पुनर्बिमामा प्रत्यक्ष असर पर्नाले यस प्रकृतिको व्यवसाय अत्यन्त जोखिममा छ । बैंक, सेयर बजारमा संक्रमणको प्रभाव विस्तारै देखिँदैछ । सेयर लगानीमा कम आउनु र लगानीकर्ता निराश हुने सम्भावनालाई नकार्न सकिँदैन । बैंकहरुको ऋण र ब्याज उठ्ने सम्भावना बढ्दै जाँदा ब्याजदर कटौती गर्नुपर्ने, बयाजसमेत जोडेर पुनः ऋणमा लैजानुपर्ने र राज्यले प्याकेज घोषणा गर्नुपर्ने सेवाको गुणस्तरमा कमी आउने एवम् बैंकको नाफा घटाउने हुनाले यस क्षेत्रलाई समयमै नसोचे ठूलो प्रभाव पर्नेछ ।
करमा स्वाभाविक रुपमा कमी आउनाले राज्यले लगानी वा खर्च गर्ने स्वास्थ्य र अन्य प्याकेजमा कमी आउनेछ । नेपालमा विभिन्न १८९ देशबाट करिब वार्षिक ८ खर्ब रेमिट्यान्स भित्रिन्छ । जुन हाम्रो कुल गार्हस्थ उत्पादनको ३०% हुन आउँछ । अहिले नै करिब आधा कम भइसकेको अवस्था छ । यसको असर संक्रमण सकिएपछि पनि करिब कम्तीमा ६ महिनासम्म पर्दछ । रोजगारी दिने देशहरु संक्रमणको चपेटामा भएकाले रोजगारीका अवसर गुम्ने, रेमिट रोकिएपछि नेपालको जन–जीविकामा पर्ने प्रभाव अझ कहालीलाग्दो हुनेछ । विशेषतः स्वास्थ्य, शिक्षा, खाना र नानामा सिधा प्रभाव पर्नेछ ।
नेपालको अर्थ व्यवस्थामा महŒवपूर्ण क्षेत्र कृषि हो । जसले दैनिक जीविकोपार्जनमा अत्यन्त सकारात्मक प्रभाव छ । करिब ७०% जनसंख्या कृषिमा आधारित छ । हाम्रो कृषि प्रणाली सघन रुपमा प्रत्यक्ष मानवीय संलग्नतामा आधारित छ भने अर्कातर्फ आकाशे पानीमा निर्भर छ । कोरोना संक्रमणले गर्दा खेत र बारीमा काम गर्ने कामदारको अभाव हुन सक्दछ । नेपाली युवाहरु विदेशमा रहेको अवस्थामा हामी भारतीय कामदारको भरमा छौँ । भारतमा कोरोनाको प्रभाव बढ्दै गएकाले यस क्षेत्रमा व्यापक असर पर्ने देखिन्छ । मौसममा आइरहेको प्रभावले नेपालमा पनि प्रत्यक्ष असर गरिरहेको छ । पानी पर्ने समयमा पर्याप्त वर्षा भएन भने विशेषतः धान खेतीमा आधारित कृषि व्यवसायमा प्रभाव पर्न सक्दछ ।
समग्रमा नेपाललाई कोरोनाको प्रभावलाई कम गर्न वा रोक्न सकेनौँ भने गम्भीर परिस्थितिको सामना गर्न तयार रहनुको विकल्प छैन । त्यसैले संक्रमण आउन नदिन गर्नुपर्ने क्रियाकलाप कडाइका साथ राज्यले र नागरिकले आ–आफ्नो क्षेत्रबाट लाग्न कठोर रुपमा प्रस्तुत हुन जरुरी छ ।
प्रभाव रोक्न केन्द्रीय सरकारको भूमिका
केन्द्रीय सरकारका सोच निर्णय र प्रभाकारी कार्यान्वयनले कोरोनाको प्रभाव र क्षति कम गर्न केही महŒवपूर्ण कार्यहरु गर्न जरुरी छ । विशेषतः यसलाई ३ भागमा विभाजन गरी सोही रुपमा रणनीति र क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ ।
महामारीभन्दा अगाडिको अवस्था ः
यो कार्य अहिले नै सुरु गर्नुपर्दछ र जुन भइरहेको पनि छ । सम्पूर्ण तहमा निर्णय गर्ने अधिकारसहितको च्बउष्म चभकउयलकभ तभबm बनाउनु पर्दछ । यस टिमसँग स्रोत, साधन र योजना तर्जुमा गर्नसक्ने हुनुपर्दछ । आधिकारिक सूचनामात्र सम्प्रेषण गर्ने व्यवस्था मिलाई सोही रुपमा सञ्चार माध्यमबाट सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । बढी जोखिम हुने क्षेत्रहरु पहिचान गरी कडा रुपमा ीयअप म्यधल गर्नुपर्दछ । आइसोलेन र सघन उपचार गर्ने कक्षहरु क्षेत्रगत रुपमा निर्माण गर्नुपर्दछ ।
महामारी चलिरहेको अवस्था ः

यस अवस्थामा स्वास्थ्य इमरजेन्सी गरी स्वास्थ्य र दैनिक रुपमा उपभोग गर्ने वस्तुहरुको वितरण प्रणालीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्दछ । अत्यावश्यक सेवा प्रदान गर्न कर्मचारीहरुलाई कम्तीमा २ समूहमा विभाजन गरी एकदिन अन्तर गरेर काम गर्ने व्यवस्था गर्न जरुरी हुन्छ । स्थानीय तहले यस अवस्थामा २४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्दछ । विशेषतः सूचना प्रवाह, सुरक्षित एम्बुलेन्सको व्यवस्था र स्वास्थ्य सेवा प्रदायकसँगको समन्वयमा छिटो र द्रुत सेवा प्रदानमा केन्द्रित हुनुपर्दछ ।
महामारीभन्दा पछाडिको अवस्था ः
महामारीपछिको अवस्थाले विशेषतः सामाजिक, आर्थिक, सांस्कृतिक र विकासका अवधारणाहरुमा व्यापक बदलाव आउँछ । आर्थिक वृद्धिमा हुने संकुचन, उत्पादन लागतमा वृद्धिले महंगी बढ्न सक्ने, उत्पादन गर्ने जनशक्ति कम हुने, उत्पादन कम हुनाले दिगो विकासका लक्ष्यहरुमा ठूलो असर हुनेछ । वितरण प्रणाली व्यवस्थापन, वर्तमान अवस्थामा आउन केही महिना लाग्दछ । यसका बहुआयामिक नकारात्मक प्रभावहरु हुनेछन् । भोकमरी र गरिबी बढाउनेछ । यी सम्पूर्ण कार्यहरु जोखिम न्यूनीकरण गर्न केन्द्रीय, प्रादेशि र स्थानीय सरकारहरुले सूक्ष्म रुपमा अध्ययन गरी योजना निर्माणमा जुट्नपर्दछ ।
नागरिकको भूमिका ः
सचेत नागरिकले नै साँचो रुपमा यो महामारीलाई नियन्त्रण गर्न सक्छन् । यस अवस्थामा कुनै पनि प्रकारको विभाजनलाई अस्वीकार गर्दै सरकारको आÞवानलाई जनस्तरसम्म पु¥याउनुपर्दछ । नागरिकले यस अवस्थामा संकल्प र संयमता अपनाउनुपर्दछ । ‘आपूm बाँच्छु, अरुलाई बचाउँछु र गलत सूचना प्रवाह गर्दिनँ’ भन्ने संकल्प, त्यसैगरी रुघाखोकी, ज्वरो आए तोकिएको स्वास्थ्य सेवाप्रदायककहाँ जान, सामाजिक दूरी कम्तीमा ३ फिट कायम गर्ने, साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुने, मास्क लगाउने, खोकी र रुघालाई आपूmमा सीमित गर्ने, घरमै बस्ने र कहीँ जानुपरे आपूmसँग छोइएका व्यक्तिहरुको पहिचान गर्ने जस्ता विषयहरु संयमतासँग जोडिएका छन् ।
सहकारी क्षेत्रमा पर्ने प्रभाव ः
करिब ६३ लाख सेयर सदस्यहरुलाई करिब ३० हजारवटा सहकारीहरुले सेवा दिइरहेका छन् । विश्व अर्थतन्त्रमा परिरहेको प्रभावले यो क्षेत्र अछुतो रहन सक्दैन । त्यसैले यसको प्रभाव न्यूनीकरण गर्न सहकारीहरुले आफ्नो परिवेश र अवस्थाअनुरुप विभिन्न रणनीतिहरु अपनाउनु पर्दछ । आफ्ना सदस्यहरुलाई सुरक्षित राख्न निम्न उपायहरु अवलम्बन गर्नु उपयुक्त हुनेछ । यस्तो परिस्थितिमा सोचेजस्तो नाफा नहुन सक्दछ । सोका लागि मानसिक रुपमा तयारी रहन छलफलहरु गरी कम क्षतिका उपायहरु अवलम्बन गर्नुपर्दछ ः
 सदस्यहरुलाई विभिन्न सञ्चारका माध्यमबाट कोरोनाका बारेमा सचेत गराउने ।
 विशेषतः कोरोनाका लक्षणहरु, सुरक्षित रहने उपायहरु, विशेषतः हात कसरी र कति समयमा धुने, मास्क कसरी लगाउने, संक्रमित भएको शंका लागेमा कहाँ र कसरी सम्पर्क गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्दछ ।
 कार्यालयभित्र जाँदा साबुनपानीले हात धुने व्यवस्था वा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने ।
 रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६५ वर्षभन्दा माथिका सदस्यहरुको सेवाका लागि विशेष व्यवस्था गर्ने ।
 अफिस र एटियममा निरन्तर स्प्रे गर्ने ।
 सवारी साधनहरु कम परिचालन गर्ने ।
 राहतका कार्यक्रमहरु तय गर्ने ।
 पर्याप्त तरलताको व्यवस्था गर्ने ।
 मानवीय क्षति भएमा कसरी सहयोग गर्ने भन्ने बारेमा रणनीति बनाउने ।
 आवश्यक परेमा अवस्थाअनुसार ब्याजदरमा हेरफेर गर्ने ।
 भीडभाडमा नजाने र कार्यक्रमहरु स्थगित गर्ने ।
 कार्यालय समय कम गर्ने ।
 कर्मचारीलाई सुरक्षित राख्न अवलम्बन गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने ।
 मिल्नेसम्मको कर्मचारीलाई बिदामा बस्न लगाउने वा घरबाट काम गर्ने वातावरण मिलाउने । कर्मचारीलाई कम्तीमा २ समूहमा बाँडी १ दिन बिराई काम गर्ने व्यवस्था मिलाउने ।
 आवश्यक अवस्थामा उपचारमा सहयोग गर्ने ।
 ज्वरो आएका सदस्यहरुलाई अफिसभित्र पस्न नदिने ।
 सेवाप्रवाह गर्दा कम्तीमा ३ फिटको दूरीबाट गर्ने व्यवस्था मिलाउने ।
 अन्य संघ÷संस्थासँगको सहकार्यमा कोरोनाका बारेमा साझेदारी गर्ने ।
 बैंक तथा वित्तीय संस्थामा जम्मा गरिने रकमहरु बैंकको क्षमताका आधारमा विभाजन गरी राख्ने ।
अन्त्यमा, कोरोना भाइरसले मानवीय, सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा व्यापक चुनौतीहरु सिर्जना गरेको छ । यस्तो परिवेशमा सार्वजनिक र एकीकृत रुपमा यो महामारीसँग जुध्न तन, मन र धनले सक्दो सहयोग गर्नु अनिवार्य छ । विश्व अर्थतन्त्रमा पारेको नकारात्मक असरले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ तर नेपालीहरुले अहिले नै सुरक्षित रहने रणनीति तय गरी प्रभाव न्यूनीकरणमा सरकारले चालेका कदमहरुलाई नागरिकस्तरबाट पूर्ण रुपमा सहयोग गर्न जरुरी छ । संघसंस्था र सहकारीहरुले सचेतना र सहयोगका लागि आआना अभियानहरूलाई व्यापकरुपमा जनस्तरमा लैजानुपर्ने देखिन्छ ।
(लेखक सापकोटा, विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष तथा विकास शास्त्रमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।)

Share.

Leave A Reply