पुर्वी र पश्चिम नवलपरासीमा गरि डेढ दर्जन सवारी साधन नियन्त्रणमा

0

प्रेम क्षेत्री

नवलपुरमा लकडाउन उल्लंघन गर्ने २ वटा टिपर नियन्त्रणमा
चैत ११, गैंडाकोट । लकडाउन उल्लंघन गरेर घरबाहिर निस्केका २ वटा टिपरसहित केही व्यत्तिलाई नवलपुरमा पक्राउ गरिएको छ । केहीलाई सम्झाई बुझाई छाडिए पनि २ वटा टिपर भने नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । मुख्य राजमार्गमा खाद्यान्नका केही मालबाहक सवारी साधनलाई स्कटिङ गरि जिल्ला बाहिर पठाएको उहाँले जानकारी दिनुभयो । सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको तर सडकमा आएर सरकारी निर्देशनको उल्लंघन गरेकाले पक्राउ गरिएको उहाँको भनाई छ । सरकारको निर्देशन उल्लंघन गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने उहाँले बताउनुभयो । सरकारको सोमबारको निर्णय अनुसार मंगलबारदेखि पूरै देश लकडाउन भएको छ । जिल्लाका हरेक क्षेत्रमा मातहतका प्रहरी कार्यालय माफर्त माईकिङ गरि जानकारी समेत गराएको उहाँले बताउनुभयो ।
नवलपरासी पश्चिममा लकडाउन उल्लंघन गर्ने १५ वटा सवारी साधन नियन्त्रणमा
यस्तै पश्चिम नवलपरासीमा लकडाउन उल्लंघन गरेर घरबाहिर निस्केका १५ वटा सवारीसाधन सहित चालकलाई पक्राउ गरिएको छ । केहीलाई सम्झाई बुझाई छाडिए पनि मोटरसाईकल, ट्रक र ट्रयाक्टर नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले सिमाबाट भने कोही जिल्लामा प्रवेश नगरेको जानकारी दिनुभयो । सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको भन्दै उहाँले निर्देशन उल्लंघन गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने बताउनुभयो । जिल्लाका हरेक क्षेत्रमा मातहतका प्रहरी कार्यालय माफर्त माईकिङ गरि जानकारी समेत गराएको उहाँले बताउनुभयो । नागरिकमा केही असहज भएपनि नागरिककै सुरक्षाका लागि भएकाले सर्तक रहन उहाँले आग्रह गर्नुभयो ।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो । सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ । सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

Share.

Leave A Reply