चितवनमा एक युवकको ब्रेन डेथ, मृत्यु अवस्थामा, कोरोना पुष्टि हुन बाँकी (अडियो)

0

 

 

चितवन, ११ चैत । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारत एक युवक ब्रेन डेथजस्तो अवस्थामा रहेको डाक्टर भोजराज अधिकारीले विजय एफएमलाई जानकारी दिनुभयो । कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण नभएको डाक्टर अधिकारीले बताउनुभयो । उनको रगतको परिक्षण काठमाडाँैबाट आइपुगेपछि मात्र सार्वजनिक गरिने बताइएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसीत बनेका युवकलाई अस्पतालमा नै राखिएको छ । टेकुबाट रिपोर्ट आउन बाँकी रहेकाले कोरनाको संक्रमणबाट अवस्था गम्भिर भएको भनेर भन्न नसकिएको डाक्टर अधिकारीले बताउनुभयो ।

 

Share.

Leave A Reply