नवलपुर प्रशासनको कडाईःलकडाउन को अवज्ञा गरे कारवाही, गैडाकोटमा पनि कडाई

0

डोलराज रानाभाट, ११ चैत्र । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले लकडाउनको अवज्ञा गर्नेलाई कानुनी कारवाही गर्ने जनाएको छ । आज विहान ७ बजे वसेको बैठकपछि सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले सरकारको कदम भएकाले आफ्नै स्वास्थ्य का लागि हो भन्ने भावनाका साथ लकडाउनको अवज्ञा नगर्न आग्रह गर्नुभयो । कोही कसैले आदेश विपरित कार्यहरु गरे, गराएको पाइएमा प्रचलित कानुन बमोजिक कारवाही हुने सूचना मार्फत जनाइएको छ ।
विहान केही मोटरसाइकल चलाउनेहरु वाटोमा रहेपछि प्रहरीले कडाई गरेको छ । अहिले बजार सडक सुनसान छ । तर यो समयमा औषधि, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कन सबैलाई आग्रह समेत गरिएको छ भने अनुमति प्राप्त सवारी साधन मात्रै संचालन हुने प्रशासनले प्रष्ट पारेको छ ।

Share.

Leave A Reply