गैडाकोटका मेयर पौडेलद्धारा आफूले प्रयोग गर्ने सवारी प्रहरीलाई सहयोग

0

डोलराज रानाभाट, ११ चैत्र । नेपालमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टी भएपछि सरकारले थप सतर्कता अपनाएको छ । सरकारले गरेका निर्णयहरुको कार्यान्वयन र नियमन गर्न विशेष जिम्मा स्थानीय प्रशासनलाई रहने गर्दछ । तर पर्याप्त स्रोत र साधन नहुँदा निर्णय कार्यान्वयनमा पर्ने समस्यालाई ध्यान दिएर गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले भने आफूले प्रयोग गर्दै आउनुभएको सवारी प्रहरीलाई केही दिनका लागि सहयोग गर्नुभएको छ । जनप्रतिनिधि जनताको सेवाका लागि भएको भन्दै उहाँले विशेष संकटका वेला आफूले सवारी सहयोग गरेको बताउनुभयो । स्वास्थ्यको कार्यक्रम सहित प्रहरीको गस्ती सहितका कार्यमा प्रयोग गर्न सहज हुने गरी आफूले मोटरसाइकल चढेर भएपनि निगरानी र अनुगमनमा गाडी सहयोग गरेको बताउनुभयो । सरकारी सवारी सरकारी निर्णय कार्यान्वयनमा थप मद्दत पुग्ने उहाँको विश्वास छ । नगरप्रमुख पौडेल भन्नुहुन्छ,“ यस्तो अवस्थामा प्रहरीहरुसँग पर्याप्त साधन छैन । यो राज्यकै सम्पत्ती हो र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्नुपर्छ भनेर सहयोग गर्ने निर्णयमा पुगेको हुँ ।”
यता इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्रवहादुर थापाले नगरप्रमुखकको सवारी सहयोगले थप गस्ती वढाउन सहयोग पुगेको बताउनुभयो ।

Share.

Leave A Reply