कोरोना संक्रमित युवती सवार विमानमा वाग्लुङका युवा पनि

0

११ चैत्र । कोरोना संक्रमित युवती सवार विमान हुँदै बागलुङका युवा पनि आएको पाइएको छ । चैत ४ गते फ्रान्सबाट आएकी कोरोना संक्रमित १९ बर्षिय युवतीसंग बागलुङ जिल्लाको ढोरपाटनका एक युवापनि एउटै जहाजमा आएको पाइएको हो । युवतीलाई कोरोना संक्रमण देखिएपछि उनिसंगै आएकाहरुको खोजी गर्दा ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका ति युवा पनि युवती चढेकै जहाजमा आएको थाहा भएको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । नगरप्रमुख नेपालीले थप वुझ्न आफू युवाको घर तर्फ लागेको विजय एफएमलाई जानकारी दिनुभयो ।

त्यस्तो लक्ष्यणहरु केही देखिएको छैन भनिएको छ । सोही जहाजवाट आएको चाहिँ हो अरु फिल्डमा गएर वुझ्दैछु उहाँले भन्नुभयो । कतारको दोहालाई ट्रान्जिट प्वाइन्ट बनाएर नेपाल आएका ति युवा एक रात काठमाडौँ बसेर बागलुङ आएका थिए । अहिलेपनि उनी गाउँमै रहेको र पैदल हिडाएर बुर्तिवाङ बजार ल्याउने तयारी गरिएको नगर प्रमुख नेपालीले बताउनुभयो । उहाँलाई क्वारेन्टाइनमा राखि परिक्षण गरिनेछ भने उहाँसंग सम्पर्क भएकाहरुको पनि खोजी गरिने छ । यो घटना पश्चात जिल्लावासीहरुमा थप त्रास फैलिएको छ ।

(स्थानीय महेश पौडेलको सहयोगमा)

Share.

Leave A Reply