घरवाहिर ननिस्कन गैडाकोटवासीलाई अनुरोध

0

डोलराज रानाभाट, १० चैत्र । सरकाले भोलि विहान ६ बजेदेखि देशभर लक डाउन सुरु गरेपछि त्यसको कार्यान्वयनमा गैडाकोट नगरपालिका र इलाका प्रहरी कार्यालय गैडाकोट दुवै सक्रिय रहेका छन् । आज थप एक जनामा कोरोना पोजेटिभ देखिएपछि सरकार थप सतर्क रहदै भोलिबाट लक डाउन सुरु गर्ने निर्णय गरेको हो ।

यता नगरवासीलाई अत्यावश्यक काम वाहेक अनावश्यक वाहिर ननिस्कन गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आग्रह गर्नुभएको छ । यो वेला घरमानै संयम भएर वस्ने र आफू सुरक्षित रहनु भएको भन्दै सरकारको निर्णय पालना गर्न आग्रह गर्नुभएको हो ।

उता इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले सरकारको निर्णय कार्यान्वयन हुने र भोलि विहान ६ बजेदेखि घर वाट वाहिर ननिस्कन र सार्वजनिक निजी सवारी संचालन नगर्न आह्वान गर्नुभएको छ । यदि अटेर गरी सवारी संचालन गरे प्रहरीले नियन्त्रणमा लिने उहाँले सचेत गराउनुभएको छ । अत्यावश्यक काम भए जनप्रतिनिधि वा प्रहरीलाई कारण बताएर अनुमति लिएर मात्रै आफ्नो वाह्य कदम चाल्न सक्ने जनाइएको छ ।

Share.

Leave A Reply