चितवनबाट प्रकाशीत हुने सवै पत्रिका वन्द गरिने

0

भरतपुर, १० चैत्र । कोरोनाप्र भावका कारण चितवनका पत्रपत्रिकाहरु बन्दहुने भएका छन् । जिल्लामा नियमित रुपमा प्रकाशन हुँदै आएका चार दैनिक, चौध साप्ताहिक र एक अर्ध साप्ताहिक पत्रिकाहरुले कोभिड–१९ (कोरोनाभाइरस)को महामारीलाई मध्यनजर गर्दै पर्सि बुधबारदेखि १० दिनपत्रिकाको प्रिन्ट संस्करण बन्दगर्ने निर्णय गरेका हुन् ।
सोमबार भरतपुरमा जिल्लाबाट प्रकाशन हुँदै आएका दैनिक तथा साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक तथा व्यवस्थापकहरुको भेलाले पत्रिका बन्द गर्र्दै अनलाइन संस्करण मात्र प्रकाश नगर्ने निर्णय गरेको हो । विषम परिस्थितिमा नियमित रुपमा पत्रपत्रिका प्रकाशन गरी ग्राहकको हातमा पु¥याउन निकै कठिन हुने अवस्था सिर्जना भएकाले केही समय बन्दगर्ने निर्णय गरिएको हो ।

Share.

Leave A Reply