गैडाकोट नगरपालिका अगाडिको हेल्थ डेस्क पुल्चोक लगिने

0

डोलराज रानाभाट, १० चैत्र । गैडाकोट नगरपालिकामा आइसोलेसन वेड निर्माणको कार्यलाई तीव्र पारिएको छ । पितौजी स्वास्थ्य चौकीमा ३ वेड तयारी अवस्थामा रहेको र सहज अस्पतालमा ३५ वेड निर्माणको कार्य अन्तिम चरणमा पुगेको गैडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । आज वेड सरसफाई देखि आइसोलेसनका लागि हुनुपर्ने सवै व्यवस्था मिलाएको उहाँले बताउनुभयो । अव पितौजीमा १५ वेड तयार पार्ने योजनाका साथ अघि वढेको पनि पौडेले बताउनुभयो । साथै नगरपालिका अगाडी रहेको हेल्थ डेस्क भोलिदेखि पुलको मुखमा राखिने र गैडाकोट प्रवेश गर्नेहरुको स्वास्थ्य परिक्षण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply