भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन, अत्यावश्यक काम बाहेक वाहिर ननिस्कन आग्रह

0

१० चैत्र । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले भोलि विहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको छ । चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरिएको हो । लक डाउन सुरु भएपछि सबै हवाइसेवा बन्द हुनेछन् भने औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने सरकारले आदेश गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधन बाहेकको आवतजावत रोकिने भएको छ ।

Share.

Leave A Reply