टोलबासीहरुलाई साबुन वितरण

0


प्रेम क्षेत्री
गैंडाकोट, चैत १० । पुर्वी नवलपरासीको गैंडाकोट ८ मा रहेको बेलटाँडी टोल विकास संस्थाले आफ्ना टोलबासीहरुलाई हात धुने साबुन वितरण गरेको छ । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई रोक्न हरेक घरमा पुगी टोलबासीलाई सचेत गराएको छ ।
चेतनामूलक सन्देश सहित प्रतिघर एउटा हात धुने साबुन वितरण गरिएको बेलटाँडी टोल विकास संस्थाका अध्यक्ष खगेश्वर गौडेलले जानकारी दिनुभयो । नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै सचेत गराईएको संस्थाका सचिव खुमनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले टोलका प्रतिघर परिवारलाई साबुन वितरण गर्दै दैनिक पटक पटक हात धुन आग्रह गर्नुभयो ।
टोलमा १०२ घर परिवार रहेका छन् । सो अवसरमा टोलमा घरभाडामा रहेका परिवारलाई पनि साबुन वितरण गरिएको थियो ।
टोल विकास संस्थाका उपाध्यक्ष जुना शर्मा, सह सचिव ज्ञानु घिमिरे, सदस्यहरु पुष्पा घिमिरे, रामकली घिमिरे, रविलाल कंडेलले टोलमा रहेका घर घरमा नै पुगी साबुन वितरण गर्नुभएको थियो । साथै उहाँहरुले नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्न आग्रह गर्नुभएको थियो ।
संस्थाले सकेसम्म घरभित्र बस्न आग्रह गर्दै घर बाहिर हिँडडुल गर्दा अनिवार्यरुपमा मास्कको प्रयोग गरि स्वास्थ्यप्रति सचेत बन्न आग्रह गरेका छन् । आफ्ना बालबालिकालाई घरभित्रै राखी उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।

Share.

Leave A Reply