गैडाकोट ४ द्धारा वडावासीलाई ५ हजार मास्क वितरण

0

डोलराज रानाभाट, १० चैत्र । विश्व महामारीको रुपमा रहेको नोवोल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सकिने वारेमा गैडाकोट नगरपालिका वडा नम्वर ४ ले वडावासीहरुलाई जनचेतना गराउँदै मास्क वितरण गरेको छ । वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले भाइरसबाट बच्ने मुख्य उपाय नै आफूलाई सुरक्षित र स्वस्थ्य व्यवहार अपनाउने रहेको भन्दै मास्क वितरण सहित कोभिड १९ बाट देखिने लक्षण र पूर्व सतर्कताको वारेमा लेखिएको पर्चा घर घर मा पुगेर वितरण गरिएको बताउनुभयो । प्रशासनले भीडभाड नगर्न गरेको अनुरोधलाई मानेर वडामा रहेका ७ वटा टोलका अध्यक्षहरुलाई मात्रै बोलाएर मास्क हस्तान्तरण गरिएको थियो । टोलका अध्यक्ष र जनप्रतिनिधि गरी वढिमा ३ जना जनाले प्रत्येक घर घर पुगेर मास्क दिँदै यो भाइरसबाट वच्ने उपायको वारेमा बताएको वडा सदस्य तेजप्रसाद घिमिरेले बताउनुभयो ।

अहिले ५ हजार मास्क प्रतिघर ४ वटाका दरले वितरण गरिएको हो । सो अवसरमा वडाअध्यक्ष न्यौपानेले कोही नयाँ व्यक्ति अन्य देशबाट घर आएको भए पनि वडामा तुरुन्तै जानकारी गराउन आग्रह गर्नुभएको छ । नयाँ व्यक्ति कोही आएर लोभ प्रलोभन देखाए त्यसबाट बच्न सकेसम्म अत्यावश्यक काम वाहेक घर वाहिर ननिस्कन आग्रह गर्नुभएको छ । छिट्टै सामाजिक सुरक्षा भत्ता वितरणको प्रकृया सुरु गरिने जनाउँदै वडा अध्यक्ष न्यौपानेले कोरोना भाइरसबाट नआत्तिन सवैमा अनुरोध गर्दै विश्व स्वास्थ्य संगठनले दिएको सूचनामा विश्वास गर्दै सोही संगठनबाट निर्देशन हुने स्वास्थ्य उपाय नपनाउन आग्रह गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य संगीता घिमिरे पण्डित,ज्ञानसरा विक सहित जनप्रतिनिधि, सात वटै टोलविकास संस्थाका अध्यक्ष, पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । भ्याएजति घरहरुमा आज यदि वाँकी भएका घरहरुमा भोलि मास्क वितरण गरिने भएको हो ।

Share.

Leave A Reply