नेपालमा पुन एकजनालाई कोरोनाको संक्रमण भएको पुष्टी

0

डोलराज रानाभाट, १० चैत्र । कोरोना भाइरस कोभिड १९ महामारीका बारेमा जानकारी दिन आज स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा चैत्र ४ मा फ्रान्स बाट कतार हुँदै नेपाल आएका एक जना नेपालीमा कोरोना पोजेटिभ देखिएको हो । १९ वर्षीय नेपाली महिला विद्यार्थीमा उक्त भाइरस देखिएको हो । अहिले परिवार र उहाँको सम्पर्कमा रहेका व्यक्तिहरुलाई परीक्षण गरी आइसोलेसनमा राख्ने काम जारी रहेको र उहाँले सम्पर्क गरेका व्यक्तिहरु खोजी कार्य जारी रहेको मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभएको छ । भाइरसको परास्तका लागि धैर्य अपनाउन आग्रह गर्दै विगतमा पनि कोरोना पोजेटिभ देखिएपनि १० दिनपछि नेगेटिभ देखिएको भन्दै यो पनि निराकरण हुने बताउनुभयो । धैर्य नगुमाउन सवैलाई आह्वान गर्नुभएको छ ।
हाल सम्म ६०० नमुनाको प्रयोगशाला परीक्षणमा सवै नतिजा नेगेटीभ देखिएको तर उक्त व्यक्ति होम क्वारेनटाइनमा राखिएको र परिक्षण जारी रहदा नतिजा पोजेटिभ देखिएको हो । गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गर्दै क्वारेन्टाइनमा राख्ने काम जारी रहेको मन्त्रालयले बताएको छ । ६० वर्षमाथिका गम्भिर विरामी, दीर्घ विरामी जसलाई लक्षण देखिन्छ नमुना परीक्षणको दायरा बढाइएको छ ।

Share.

Leave A Reply