लामोदुरीका बसहरुलाई गैंडाकोटबाट नारायणगढ जान रोक

0


प्रेम क्षेत्री
गैंडाकोट, १० चैत ।
कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै नवलपुर जिल्ला प्रवेश गर्ने र बाहिरने सवारी साधनमा रोक लगाईएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा यात्रु ओसारपसार गर्ने सार्वजनिक सवारी साधन विशेषगरि बसलाई रोक लगाईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
गैंडाकोटबाट नारयणगढतर्फ जाने यात्रु ओसारपसार गर्ने सार्वजनिक सवारी साधन विशेषगरि बसलाई रोक लगाईएको उहाँले बताउनुभयो । नारायणगढ कावासोती डण्डा रुटमा चल्ने सार्वजनिक बसहरुलाई गैंडाकोटबाट नै फर्काईएको छ । उहाँका अनुसार जिल्ला भित्र भने निर्वाध सञ्चालनमा रहेका छन् । उहाँले हाल टेम्पो, अटो लगायतका छोटो दुरीका सवारी साधन भने सञ्चालनमा रहेको बताउनुभयो ।
सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको संक्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यान्वयनस्वरुप रोक लगाईएको हो ।

Share.

Leave A Reply