कोभिड–१९ (कोरोना भाइरस)संक्रमणबाट निको हुनेको संख्या ९६ हजार

0

चैत्र १० । विश्वमा प्रकोपको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ९ सय ५८ पुगेको छ । नियमित रुपमा साबुन पानीले हात धुने र घरमै कोरेन्टाइनमा बस्नु नै सबैभन्दा राम्रो कदम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संक्रमित व्यक्तिको तुलनामा मृत्यु हुनेको संख्या निकै कम रहेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकहरुको सुझाब रहेको छ । विश्वमा ३ लाख ३७ हजार ९ सय ८५ जनामा संक्रमण देखिएको छ ।

 

यस कोरना भाइरसबाट १४ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ । नेपालमा भने अहिले सम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन । भाइरसबाट सचेत हुनुपर्ने चाँही चिकित्सकको भनाइ छ ।

Share.

Leave A Reply