‘विद्युत पानीको वील इसेवा मार्फत भुक्तानी गरौँ’

0

डोलराज रानाभाट,१० चैत्र । नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखाले आफूले तिर्नुपर्ने भुक्तानी रकम अनलाईनबाट तिर्न आग्रह गरेको छ । सरकारले भीडभाड नगर्न आग्रह गरेपछि वील तिर्न जानेको संख्यामा वृद्धि भएपछि कार्यालयले डिजिटल सुविधा प्रयोग गर्न आग्रह सहित काउन्टरमा गएर भीड नगरिदिन आग्रह गरेको हो । यदी वील तिर्ने पर्ने भएपनि इसेवा सहितका अनलाइन प्रणालीबाट भुक्तानी गरी आफू पनि सुरक्षित हुन आग्रह गरेको हो । कार्यालय प्रमुख सुजन रिजालका अनुसार शिक्षित व्यक्ति समेत काउण्टरमै गएर भुक्तानी गर्ने बढेपछि अहिलेको अवस्थमा अलाइन सेवा प्रयोग गर्न जोड दिएको बताउनुभयो । विजुलीको मात्रै नभई खानेपानी सहितको वील पनि अनलाईनबाट भुक्तानी गर्न सकिन्छ ।

Share.

Leave A Reply