विदाको समय कसरी फलदायी वनाउने ? डा. सुवेदीका टिप्सहरु

0

डोलराज रानाभाट, १० चैत्र । महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य डा गुरुप्रसाद सुवेदीले अहिलेको अवस्थामा भएको विदाको समय फलदायी वनाउन सुझाव दिनुभएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै डा सुवेदीले जति सकिन्छ परिवारका सदस्यसँग धेरै कुराकानी र शाकाहारी भोजमा जोड दिँदै वालवालिकालाई रचनात्मक कामहरुमा लगाउन आग्रह गर्नुभएको छ । मोवाइलमा व्यस्त हुँदै घुम्न जानेहरु पनि उत्तीकै रहेको भन्दै उहाँले सकेसम्म घरमानै रहेर परिवारका ज्यष्ठ सदस्यहरुसँग वढि कुराकानी गर्दै उहाँहरुको भोगाइबाट शिक्षा लिन आग्रह गर्नुभयो । सूर्य नउदाउँदै उठ्ने नुहाउने नित्य कर्म सहित दैनिक व्यायम गर्ने गर्नाले आत्मविश्वास वृद्धि हुने उहाँको भनाई छ ।

अहिलेको अवस्थमा परिवारमा भेला भएका सदस्यहरुवीचको सयम कसरी फलदायी वनाउने ? विद्यार्थी वालवालिकालई यो समयको सदुपयोग कसरी गराउने ? कुराकानी गर्दै महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य डा गुरुप्रसाद सुवेदी ।

Posted by 101.6 Vijaya FM on Sunday, 22 March 2020

Share.

Leave A Reply