कोरोनाविरुद्धको सचेतनामा गैँडाकोट ५ अगाडि,विपद् व्यवस्थापन समिति गठन गरि कोष समेत स्थापना

0

९ चैत्र । विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप नियन्त्रणका लागि आवश्यक सहयोग पु¥याउने उद्देश्यले गैंडाकोट ५ ले कोरोना भाइरस विपद् व्यवस्थापन समिति गठन गरिएको छ । जसको अध्यक्षमा गैंडाकोट वडा नं ५ का वडाध्यक्ष नवराज कँडेल, सदस्यहरुमा गोविन्द घिमिरे, विष्णुप्रसाद सापकोटा, अनुपभद्र खनाल, अन्जिता आचार्य, गोविन्द रिमाल र लिलाबहादुर अधिकारी रहनुभएको छ ।

आजै गठन गरिएको विपद् व्यवस्थापन कोषसमा २ लाख ४० हजार ५सय ५५ रुपियाँ संकलन भएको वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । सहयोगी दाताहरुलाई स्थानीय जनप्रतिनिधि तथा समितिका सदस्यहरु मार्फत सहयोग उपलब्ध गराउन समेत अनुरोध गरिएको छ । विपद् व्यवस्थापन कोषमा देशविदेशबाट सहयोग गर्न चाहनुहुनेहरुको लागि भोलि नै बैकं खाता सञ्चालनमा ल्याई जम्मा गर्न सक्ने गरी व्यवस्थापन गरिएको जानकारीसमेत उहाँले दिनुभयो । कोषका लागि गैडाकोट नगरपालिका वडानम्वर ५ ले ५० हजार, सहित विभिन्न सामाजिक संघ संस्था, टोलविकास, व्यक्तिगत सहयोग रहेको हो ।

समितिले प्रथम चरणमा प्रचारप्रसार, सहयोग र रोगबाट बच्न साबधानी अपनाउने विषयमा जोड दिइने तथा दोस्रो चरणमा संक्रमित व्यक्तिहरुलाई अस्पताल पु¥याई उपचारमा सहयोग गर्ने र वकालत, पैरवीजन्य कार्यमा भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । कार्यक्रममा गैँडाकोट कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, वडा नं ५ का सदस्यहरु हरिप्रसाद ढकाल र पार्वती सापकोटा, समाजसेवीहरु कृष्ण पाण्डे, गणेश केसी, मेघराज कंडेल लगायतको उपस्थिती रहेको थियो ।

मनकारीहरु

सि.टी. फाउण्डेशन (लिला बहादुर अधिकारी रु २०,०००।–, इमेज कन्सल्टेन्सी रु ५,०००।–,गणेश केसी (हिमालयन ढिडो) रु ५,०००।–, मनराज श्रेष्ठ (तनहुँ होटल) रु ५,०००।–,कृष्ण पाण्डे (लायन्स क्लव) रु २०,०००।–, नवीन अधिकारी रु २०,०००।–, अनुपभद्र खनाल रु २०,०००।–, महिला सञ्जाल गैँडाकोट ५ रु. ५,०००।–,महिला कल्याणकारी सहकारी संस्था लि. रु ५,०००।–, कमल आचार्य (पोखरा ब्लक उद्योग) रु ५,०००।–, दाताराम घिमिरे रु ५,५५५।–, सरस्वती डेरी उद्योग रु १०,०००।–, महेन्द्र ब. कार्की (स्वायल टेस्ट प्रालि.रु २५,०००।–, गौरवभक्त अधिकारी रु ५,०००।–,रघुराम भुजु रु ५,०००।–, बाग्लुङ्ग कालिका मसला उद्योग रु ५,०००।–, बैकुण्ठनगर टोल विकास संस्था रु ५,०००।–, रामप्रसाद सापकोटा रु. २०,०००।– रुपैया सहयोग गर्नुभएको हो ।

Share.

Leave A Reply