कोरोनाबाट बच्न नवलपुरका ४ नगरपालिकाको पूर्वतयारी

0


पवित्रा पराजुली
चैत ९, गैंडाकोट ।
चिनबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) आजको दिन सम्म नेपालमा नदेखिए पनि यसको संक्रमणबाट बच्नका लागि स्थानीय तहहरुले भने सुरक्षाका उपायहरु अवलम्बन गरेका छन् ।
गैंडाकोट
गैँडाकोट नगरपालिकाले कोरोना भाईरसबाट बच्नका लागि सचेतनामूलक सूचना प्रसारण गर्नुका साथै पितौजीघाट स्वास्थ्य चौकीमा ३ वेडको आईसुलेसन स्थापना गरेको छ भने सहज सामुदायिक अस्पतालमा पनि आईसुलेसन कक्ष निर्माण गरेको गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख झलकराज पौडेलले बताउनुभयो । साथै उहाँले गैंडाकोट स्वास्थ्य चौकीमा आउने सेवाग्राहीको ज्वरो नाप्ने र हात धुन लगाएर मात्र भित्र पस्न लगाउने लगायतका गतिविधी गरेको पनि उहाँले जानकारी दिनुभयो ।
देवचुली
नवलपुरको देवचुली नगरपालिकाले कोरोना भाईरसबाट बच्नका लागी नगरपालिका भित्र माईकिङ गर्ने, सचेतना मुलक पम्पलेट वितरण गरेको देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यसका लागि नगरमा डाक्टर सहितको नगर समिति पनि गठन गरेको बताउनुभयो । प्रत्येक वडामा वडा अध्यक्षको अध्यक्षतामा समिति गठन र प्रत्येक स्वास्थ्य चौकीमा पनि यसबाट सर्तक रहन समिति गठन गरेको बताउनुभयो ।
श्रेष्ठले देवचुलीमा रहेका हरेक विद्यालयमा दुईवटा कोठा आईसुलेसनको लागी छुट्टाउने निर्णय गरिएको र काम सुरु भएको बताउनुभयो । प्राकृतिक चिकित्सालय रजहरमा एक हजार व्यक्ति अट्न सक्ने ठाउँ भएकाले त्यसलाई पनि प्रयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो । प्राविधीक कुरालाई पनि मध्येनजर गर्दै श्रेष्ठले आवश्यक सम्पूर्ण सामानको व्यवस्था गर्ने र काम गरिरहेको बताउनुभयो ।
कावासोती
कावासोती नगरपालिकाका उपप्रमुख पे्रमशंकर मर्दनियाले कावासोती पनि कोरोना भाईरसबाट बच्नका लागी सचेत रहेको बताउनुभएको छ । उहाँले पनि पहिले त नगरवासीलाई सचेत बनाउनका लागी सचेतनामूलक कार्यक्रम र पम्पलेटे वितरण गरेको बताउनुभयो । बाहिरबाट आएका व्यक्तिलाई व्यवस्थापन गर्नका लागी क्वारेन्टाईनको व्यवस्था गर्ने बताउनुभयो । उहाँले २० बेडको क्षमता भएको आईसुलेसन कक्ष कावासोतीमा रहेको कुमारी गुठीमा निमार्ण गर्न लागीएको बताउनुभयो ।
मध्यविन्दु
मध्यविन्दु नगरपालिकामा पनि कोरोना भाईरसबाट बच्नका लागी सर्तकता अपनाईएको छ । नगरबासीलाई सचेत बनाउनुका साथै प्राथमीक स्वास्थ्य केन्द्र चोरमारामा २ वेडको आईसुलेसन कक्ष निमार्ण गरेको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा संयोजक मदनप्रसाद पोखरेलले बताउनुभयो । पोखरेलले आईसुलेसन निमार्ण गरेपनि त्यसका लागी आवश्यक प्राविधीक पक्ष पुरा नभएको र त्यसका लागी नगरपालिकासँग माग गरेको र छिट्टै व्यवस्था गर्ने बताउनुभयो ।

Share.

Leave A Reply