कोरना भाइरसको प्रभाव ः तालपोखरामा डुङ्गा बन्द

0

रामपुर (पाल्पा), ९ चैत

नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा सूचीकृत रामपुरको तालपोखरामा सञ्चालित डुङ्गा बन्द गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई लक्षित गरी जोखिम न्यूनीकरण गर्न तालपोखरामा डुङ्गा बन्द गरिएको हो । भाइरसको सङ्क्रमणलाई न्यूनीकरण गर्न चैत ९ गतेदेखि अनिश्चितकालसम्मका लागि डुङ्गा बन्द गरिएको तालपोखरा संरक्षण विकास समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो । ‘‘पछिल्लो समय तालपोखरा क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै जान थालेपछि स्थानीयवासी पनि त्रसित भएको अवस्था, विश्वभर महामारीको रुपमा भाइरस सङ्क्रमण बढेकाले संक्रमणबाट सर्तक रहन डुङ्गा सञ्चालन र अवलोकनमा रोक लगाइएको छ’’ उहाँले भन्नुभयो । अहिले शैक्षिक संस्था विदाको समय र गर्मीयाम शुरु भएकाले तालपोखरा घुम्न जानेको सङ्ख्या बढ्दो रहेको छ । डुङ्गा अवलोकन गर्नेको सङ्ख्या हाल दैनिक २०० भन्दा बढी पुगेको अध्यक्ष देवकोटाले बताउनुभयो । तालपोखरामा सिसी क्यामेरा जडान सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै तालपोखरा परिसरमा सिसि क्यामेरा जडान गरिएको छ । पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको तालपोखरामा पछिल्लो समय पर्यटकको आवागमन बढ्न थालेपछि निगरानीका लागि सिक्ीियामेरा जडान गरिएको समितिका सचिव सुनील देवकोटाले बताउनुभयो । रामपुर नगरपालिका–६ को सहयोगमा तालपोखरा पार्किङ्ग क्षेत्रमा चार वटामध्ये तीनवटा क्यामेरा जडान गरिसकिएको छ भने एक वटा जडान गर्न बाँकी छ । पर्यटकीय क्षेत्र भएको हँुदा पर्यटक आउने जाने क्रम बढ्ने भएकाले दै यहाँको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले सिसी क्यामेरा जडानका लागि करिब रु ७० लाख रकम सहयोग गर्ने वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभएको छ । उहाँले वडामा सञ्चालित विभिन्न वित्तीय संघसंस्थालाई छलफल, भेला जस्ता कार्यक्रम नराख्न पनि आग्रह गर्नुभएको छ । तालपोखरा क्षेत्रमा आठ वटा सम्म क्यामेरा जडान गर्न मिल्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग पाल्पाको पूर्वखोला गाउँपालिकामा रहेको बीरकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउन र सहज सेवा दिन भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको हो । गाउँपालिका र अन्य जुनसुकै ठाउँमा बिरामी लैजान र ल्याउन सहज हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो । चालकको व्यवस्थापन गरेर नियमित रुपमा एम्बुलेन्स सञ्चालन गरी नागरिकलाई स्वास्थ्य संस्थासम्म आउन जान सहज सेवा उपलब्ध गराउने तयारी गरिरहेको बीरकोट स्वास्थ्य चौकी प्रमुख सरस्वती श्रेष्ठ बताउनुहुन्छ । यस स्वास्थ्य चौकी नेपाल सरकारले घोषणा गरेको १५ शैयाको स्वास्थ्य चौकीको रुपमा स्तरोन्नतिको काम हुँदैछ ।

(रासस)

Share.

Leave A Reply