नेपाली काँग्रेस गैडाकोट ५ द्धारा निशुल्क मास्क वितरण

0

७ चैत्र । नेपाली काग्रेस गैंडाकोट ५ ले निशुल्क मास्क वितरण गरेको छ । स्व.गिरिजाप्रसाद कोइराला को १० औ स्मृतिको पूण्य तिथिको अबसरमा आज माक्स तथा पम्पेलेट बितरण गरिएको हो। विश्वभर कोरोनाको महामारी फैलिरहेको र त्यसको त्रास सहित कालोबजारी गर्ने उद्देश्यले बजारमा मास्क अभाव छ । गैडाकोटमा त्यो नभएपनि उत्पादन हुने ठाउँहरुमा कमी भएका कारण मास्क सहित सेनीटाइजर अभाव रहेको छ ।

यस्तो अवस्थामा नेपाली काँग्रेसले जनतालाई मास्क वितरण गरेको हो । सभापति गोबिन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसको जिल्ला महासमिती सदस्य मदन भक्त अधिकारी प्रमुख अथिती, विशिष्ट अथिती जिल्ला कोषाध्यक्ष ओम प्रसाद सापकोटा, गैंडाकोट नगरपालिकाका उप प्रमुख बिष्णु कुमारी कडेल रहनु भएको थियो। त्यस्तै महिला संघको कोषाध्यक्ष शान्ती न्यौपाने र नर सभापती तारापती खरेल लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply