पटक पटकको प्रतिवद्धतापछि हिजोदेखि नवलपुरबाटै सवारी लाइसेन्स

0

डोलराज रानाभाट, ७ चैत्र । लामो समयपछि यातायात व्यवस्था कार्यालय नवलपुरले आफ्नो प्रतिवद्धता पुरा गरेको छ । धेरै पटक जिल्लाबाटै नयाँ सवारी लाइसेन्स दिने कार्य अन्तिम चरणमा पुगेको बताएपनि सयम समयको भाकाहरु कटाउदै आएको थियो । आन्तरिक तयारी भएपनि केन्द्रबाट सफ्टवेयर जडानको कार्य नहुँदा ढिलाई भएको नवलपुरमा हिजोबाट भने अनलाईनबाट निवेदन माग गरिएको छ । कार्यालय प्रमुख ज्ञानप्रसाद भुषालले केन्द्रबाटै सफ्टवेयर जडान भएको र निवेदनको माग गरिएको जानकारी दिनुभएको हो । नयाँ सवारी लाइसेन्स उपलब्ध गराउने सेवासँगै विचौलियबाट जोगिन र नठगिन कार्यालयले सवैमा अनुरोध गरेको छ । फारम भर्नेका काम सहज भएको र सवैकुरा अनलाईनमा भएकाले कुनैपनि वाहिरी निकायलाई पैसा नर्तिन आग्रह गरिएको छ । आज औपचारिक कार्यक्रम गरी उद्घाटन गर्ने तयारी भएपनि सरकारले २५ भन्दा वढि व्यक्ति भेला नहुन गरेको आग्रहले औपचारिक कार्यक्रम गर्न नपाइएको कार्यालयले जनाएको छ ।

कार्यालयको वेवसाइट

https://nawaltmso.dotm.gov.np/

फाराम भर्नका लागि आवश्यक लिँक

http://onlineedlreg.dotm.gov.np/newDlApplicationEntry_.action;jsessionid=CF2640D3E42DCFBB48585617AC795532

माथिको लिंकमा क्लिक गरेर आवश्यक सवै विवरण भरी सवमिट गर्ने र त्यसपछि प्रिन्ट गरी कार्यालयमा सम्पर्क राख्न सकिनेछ । नवलपुरमै ट्रायल सेन्टर छ भने त्यहीबाट लाइसेन्स वितरण गरिने भएको हो । यसबाट लामो समय वुटवल पोखरा काठमाण्डौ धाएका सेवाग्राहीले राहतको महसुस गरेका छन् ।

Share.

Leave A Reply