कोरोनाको संक्रमण हुन सक्ने भन्दै गैडाकोटमा संचालित हाट बजार वन्द

0

डोलराज रानाभाट, गैडाकोट, ६ चैत्र । नेपाल सरकारले २५ जनाभन्दा वढि व्यक्तिहरु भेला नहुन गरेको निर्देशनको कार्यान्वयनमा इलाका प्रहरी कार्यालय गैडाकोटले सक्रियता देखाएको छ ।

हिजो मात्रै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा वसेको बैठकले एसइइ परीक्षा स्थगित सहित २५ जना भन्दा वढि मानिस भेला हुन रोक लगाएको थियो । कार्यान्वयन स्वरुप इलाका प्रहरी कार्यालय गैडाकोटले आज गैडाकोटमा संचालित हाट बजार हटाएको छ । हाट बजार सहित अन्य धेरै ठाउँहरुमा भेला भए तत्काल हस्तक्षेप हुने इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इक्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाट बजार मात्रै नभई जुनसुकै ठाउँमा पनि २५ भन्दा वढि व्यक्तिको भेला कार्यक्रम भए त्यसलाई रोकिने उहाँको भनाई छ । सरकारले निर्देशन दिइसकेको अवस्थामा नागरिकले त्यसको पालना गर्न आग्रह गर्दै थापाले नीति र निर्देशन पालना गर्दे कोरोना संक्रमण हुन नदिन थप सतर्कता अपनाउन सवैमा अनुरोध गर्नुभयो ।

यता गैडाकोट ५ मा संचालित हाटवजारका मुख्य संचालक लक्ष्मण कार्कीले कोरोना संक्रमण हुन सक्ने भएकाले तत्कालका लागि हाट वजार वन्द हुने र यही वीचमा व्यवस्थित स्टल निर्माण गर्ने बताउनुभयो । सरकारले संचालनको निर्देशन दिएपछि पुन संचालन हुने कार्कीले विजय एफएमलाई जानकारी दिनुभयो ।

Share.

Leave A Reply