वडाध्यक्ष कंडेलले घरघरमै पुगी भत्ता बाड्ने

0


प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोट ५ मा यसपटक सामाजिक सुरक्षा भत्ता घर घरमा नै उपलब्ध गराईने भएको छ ।
कोरोना भाईरसका कारण बैंकले भिंडमा उपलब्ध नगराउने भएपछि सामाजिक सुरक्षा भत्ता घर घरमा नै पु¥याउन लागिएको गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । वडामा रहेका १८ वटा टोलविकास संस्था मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्बन्धित टोल विकास संस्थाका अध्यक्षलाई आ–आफ्ना टोलमा रहेका सामाजिक सुरक्षा भत्ता लिनेहरुको हस्ताक्षर गराई चेक संकलन गर्न आग्रह गरिएको छ । साथै उहाँले रकम निकासा गरि घर घरमा पु¥याईदिनहुन अनुरोध समेत गर्नुभएको छ । सो कार्यमा वडासदस्यहरुले पनि सक्रियता जनाएका छन्  । गैंडाकोटका अन्य वडाहरुले पनि यसपटक बैंकमा भिंड नगराई सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरिरहेका छन् ।
नेपालको संविधान बमोजिम आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाका अधिकार सुनिश्चित गर्ने भत्ता वितरण गरिदै आएको छ ।

Share.

Leave A Reply