नारायणी सामुदायिक वन गैडाकोटमा अग्नि नियन्त्रण गोष्ठी सम्पन्न,सवै समुदाय एक जुट हुन आह्वान

0

सरु चापागाईं, ५ चैत्र । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले एकदिने अग्नि नियन्त्रण गोष्ठी गैंडाकोट ९ को रेसुङ्गा होटलमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले वनमा डढेलो लागे अमुल्य जडिबुटी, चराचुरुङ्गी, जंगली जनावर, बोटबिरुवा नष्ट हुनुका साथै बाढी पहिरोको समेत खतरा हुने भएकाले सबै उपभोक्ता डढेलो लाग्ने समयमा सचेत बन्नुपर्ने बताउनुभयो । नारायणी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तालाइ सचेत गराउन यस्ता कार्यक्रमलाई निरन्तर दिन पनि उहाँको सुझाव छ ।

कार्यक्रमका विशिस्ट अतिथी सब डिभिजन वन कार्यालय गैंडाकोटका सहायक वन अधिकृत सुर्यसिंह गुरुङले सानो गल्तिका कारण पनि वनमा लाग्ने डढेलोको कारण धेरै वन विनास हुनसक्ने भन्दै आ–आफ्नो क्षेत्रबाट सक्ने भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो । वनमा डढेलो लागि हालेमा नियन्त्रणका लागि सबै उपभोक्ता चनाखो र एकजुट हुन समेत उहाँको आग्रह छ। कार्यक्रममा समाजसेवी फडिन्द्र सापकोटा, सुर्यदिप नारी बचत ऋण सहकारी संस्थाका अध्यक्ष दिपा सापकोटा, हुनुमान मन्दिर धार्मिक वन सेवा समिति थुम्सीका अध्यक्ष टिकाराम सापकोटा, हरिहर मन्दिर गैंडाकोटका अध्यक्ष होमनाथ सापकोटा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य वनका उपाध्यक्ष वेदप्रसाद चालिसेले राख्नु भएको थियो ।

कार्यक्रममा उपस्थित उपभोक्ताहरुले सबै मिलेर अघि वढ्नुपर्ने र त्यस्का लागि वनले पनि सक्रियता देखाउनुपर्ने सुझाएका थिए । नारायणी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिनानाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वनकी सचिव उमा पाण्डेले गर्नुभएको थियो ।

Share.

Leave A Reply