गैडाकोटमा विद्युत सेवा नियमित

0

डोलराज रानाभाट, चैत्र ५ । हिजो साँझबाट विग्रिएको गैडाकोटको विद्युत लाईन पूर्ण मर्मत पछि संचालनमा आएको छ । राति १० बजे पछाडी अस्थायी लाईनबाट विद्युत प्रवाह गरिएको गैडाकोटमा अघि साँझ ६ बजेपछि भने पूर्ण रुपमा संचालनमा आएको हो । मुकुन्दपुरमा रहेको सव स्टेशनको अण्डर ग्राउण्डमा रहेको केवल पन्चर भएपछि त्यसको मर्मत पुरा भई विद्युत संचालनमा आएको नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply