भोलिबाट हुने भनिएको एसईई परीक्षा स्थगित

0

डोलराज रानाभाट,चैत्र ५ । भोलि बाट हुने भनिएको एसइइ परीक्षा स्थगित भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्व रहेको समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको हो । यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो । उपप्रधानमन्त्री पोखरेलका अनुसार एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर निर्णय गरिएको हो । अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उहाँले बताउनुभयो । यसअघि प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको सरकारले नेकपाको सचिवालय बैठक पछि भने स्थगित गर्ने निर्णय गरेको हो ।

भोलिबाट परीक्षा हुने भनिएपछि नवलपुर चितवनमा पूर्ण तयारी भएको थियो । नवलपुरमा २५ वटा केन्द्रमा परिक्षा संचालन गर्ने तयारी थियो जसमा एउटा केन्द्रमा मात्रै महिला केन्द्राध्यक्ष हुनुहुन्थ्यो । जसमा साहायक केन्द्रध्यक्ष ४४ ,निरीक्षक ३३० , परीक्षा सहायक ६६, सुरक्षाकर्मी २५० तथा कार्यालय सहयोगी १३३ जना गरी ८ सय ४८ जनाको जनशक्ति खटाइने तयारी  थियो । नवलपुरबाट ६ हजार ५ सय ७५ परिक्षार्थी र चितवनबाट ६ हजार २५९ जनाले परीक्षा दिने तयारी गरेका थिए।

परीक्षा स्थगित गर्ने निर्णय अघि सोही समितिले गरेको निर्णयहरु

Share.

Leave A Reply