सरकारले ग¥यो कोरोनाबारे बोल्ड निर्णय (हेर्नुहोस पुरा विवरण)

0

काठमाडौं । सरकारले कोरोना भइरस (कोभिड–१९) बारे बोल्ड निर्णय गरेको छ ।

५५ देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले संक्रमण देखिएका ५५ देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो । यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू
सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ ।
सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने
सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ । ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ । होटल, रेष्टुरेन्ट तथा सपिङ महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।
कोरोना भाइरसबारे भ्रम फैलाउनेलाई कारबाही गरिने
सर्बसाधारणहरुमा विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड(१९) सम्बन्धी भ्रम फैलाउनेलाई सरकारले कारबाही गर्ने निर्णय गरेको छ । कुनै पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत भाइरसबारे भ्रम फैलाउने जोकोहीलाई विद्यमान कानून अनुसार कारबाही गर्ने निर्णय समितिले गरेको हो ।

स्वास्थ्यकर्मीका लागि ५ लाख मास्क दिने
प्रहरीले बरामद गरेको मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय भएको छ । समितिले स्वास्थ्यकर्मीका लागि ५ लाख मास्क दिने निर्णय गरेको हो । बाँकी मास्क साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरिएको छ ।

Share.

Leave A Reply