व्यवस्थापनमा अब्बल विद्युत प्रशाखा गैडाकोटका प्रमुख रिजाल

0

डोलराज रानाभाट,चैत्र ५ । मंगलवार साँझ एकाएक गैडाकोट पुरै अध्यारो भयो । देशमा लोडसेडिङ हटेको लामो समय भइसकेपछि वेला वेलामा लाईन जाँदा पनि जनतामा किन गयो भन्ने प्रश्न उठीहाल्छ जसले पत्रकारलाई पनि सूचना सम्प्रेषण गर्न कहर नै लाग्छ । गैडाकोटको मुकुन्दपुरमा सव स्टेशन छ । त्यहिबाट मुख्य लाईन तानेर घरायसी र व्यवसायीक प्रयोजमा लाईन वितरण भइरहेको छ ।

६ बजेर २० मिनेटमा लाईन गएपछि खासै कसैको चासो थिएन तर जव साँढे ७ बजेसम्म पनि लाईन नआएपछि भने सोधखोज सुरु भयो । धेरै स्थानीय मोवाइलको लाइट बालेर खाना खाएको बताउँदै एफएमको टेलिफोन वज्थ्यो । र के भएको हो भन्ने सोधीखोजी हुन्थ्यो । त्यसो त गैडाकोट नगरपालिका र विद्युत कार्यालयको सहकार्यमा घरायसी र व्यवसायीक छुट्टा छुट्टै लाईन विस्तार गर्ने योजना अघि वढेको थियो तर पोल गाड्ने विवादले त्यो स्थगित भयो ।

त्यस कारण पनि कुनै एक ठाउँमा समस्या आयो भने सवै अन्धकार हुने समस्या जस्ताको त्यस्तै छ । तर अहिले सडक विस्तारको क्रममा त्यसलाई सुधारिएको छ । त्यसको व्यवस्थापन हुनै समय लाग्नेछ । हिजो भने विद्युत वितरण हुने मुखमै समस्या आयो । प्र.शाखा प्रमुख रिजाल स्वयम समस्या रहेको स्थानमा पुग्नुभयो प्राविधिक कर्मचारी सहित । साँढे ७ बजे विग्रिएको स्थानबाटै उहाँले अपटेड गराउनु भएको थियो । कि सवस्टेशनबाट हाइवे सम्मको तारको केवल हेड विग्रीएको आशंका छ । यहाँको टोलीसँग आवश्यक मर्मत सामान नभएर कावासोतीबाट टोली आउँदैछ । अवस्था हेर्दा ठूलै फल्ट छ त्यसैले भोलि विहान वा दिउसो सम्म मात्रै विद्युत आउनेछ । केवल पन्चर नभए अवको एक घण्टामा लाईन दिन सक्छौँ पन्चर रहेछ भने भोलि । यही समाचार प्रसारीत भयो ।

धेरैको निराशा वढ्यो तर त्यसको एक घण्टापछि पुन रिजालले अस्थायी माध्यमवाट भएपनि अन्धकार हटाउने प्रयासमा छौँ भन्ने अपटेड आएपछि फेसवुक स्टाटस वाट जानकारी दिने काम भयो ।

नभन्दै राति १० बजेर १५ मिनेटमा अन्धकार वनेको गैडाकोट उज्यालो भयो । त्यसो त कार्यालय प्रमुखको सक्रियता नहुँदो हो त जनतलाई प्राविधिक समस्या भनेर टार्न पनि सक्थे होलान् । जनताको चासो र त्यसमा स्वयम् कार्यालय प्रमुखकको दृढ संकल्प र मेहनतले १०ः १५ बजेपछिको समय अन्धार हुन पाएन । मेसेन्जरमा एक जना साथीले आफू काठमाण्डौ जान लागेको तर लाइन नहुँदा मोवाईल लगायत चार्ज गर्न नपाएको बताइ रहनुभएको थियो । मैले पनि सुरुमा त दिउसो मात्रै आउँछ रे भने । उहाँ थकथकाउनुभयो । तर पछि अस्थायी भएनि अवको केही समय पछि लाईन आउने कुरा वताएँ । उहाँमा आशा पलायो ।

नभन्दै मोवाइल डाटाबाट च्याट गर्दैगर्दा वत्ति आइहाल्यो र रमाइलो गर्दै उहाँले भन्नुभयो,“तपाईको मुखमा दुध र भात जाओस ।” तर सुरुमा झिलिक्क गरेको केही सेकेण्ड फेरि हरायो । अनि मैले पनि उत्तर फर्काएँ,“लाईन त फेरि गयो । दुध र भात निलुँ की वाहिर निकालुँ ?” हाँस्दै उहाँले भन्नुभयो, “निल्नु फेरि आउला नि । ” नभन्दै त्यसपछि आएको लाईन भने गएन ।


व्यवस्थापन सवै भन्दा ठूलो कुरा हो रिजाल भन्नुहुन्छ टोलि आएर हेरेपछि दुईवटा भूमिगत तार मध्ये एउटा पन्चर भएको रहेछ । तत्काल अर्को एउटा वाट भएपनि लाइन दिने काम सुरु गरिहाल्यौँ र अस्थायी रुपमा भएपनि उज्यालो बनायौँ । अहिले भने विहान ९ बजेबाट मर्मत भएको र गैडाकोटका विभिन्न ठाउँमा फरक फरक समयमा केही छिन् लाइन नहुने रिजालले जानकारी दिनुभयो । दिउँसो सम्म मर्मत सकिने उहाँको भनाई छ ।

Share.

Leave A Reply