नवलपुरको एसइईमा २५ मध्ये एक मात्रै महिला केन्द्राध्यक्ष (नवलपुरको एसइइ नालीवेली)

0

डोलराज रानाभाट, ४ चैत्र । पर्सी बिहीवारदेखि देशभर संचालन हुने एसइई परीक्षाको सवै तयारी पुरा भएको मन्त्रालयले जनाएको छ । आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले हस्ताक्षर गरी जारी गरेको अपील अनुसार प्रदेशले सवै तयारीको जिम्मा लिने भएपनि विशेष परिस्थितका कारण केन्द्र सरकारले पनि सहयोग गरेको भन्दै सवै तयारी पुरा भएको बताउनुभएको हो ।

साथै मन्त्री पोखरेलले कोरोना संक्रमण हुन नदिन एसईई संचालन हुने प्रत्येक केन्द्रमा हेल्थ डेस्क राख्न दिर्नेशन दिनुभएको छ । । देशभर १ हजार ९ सय ९५ परीक्षा केन्द्रबाट परीक्षा संचालन हुने र ती सवैमा हेल्थ डेस्क राख्न ७५३ स्थानीय तहहरुलाई अनुरोध गरिएको र सोही अनुसारको व्यवस्थापन गर्न अपील गरिएको हो । यस वर्षको परीक्षामा ४ लाख ८२ हजार २१९ जना विद्यार्थीले परीक्षा दिनेछन् । परीक्षामा सहभागी सवै विद्यार्थीहरुलाई केन्द्राध्यक्ष र हेल्थ डेस्कमा कार्यरत व्यक्तिहरुले दिएको निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ । परीक्षा हुने स्थल वरिपरी भिडभाड नगरिदिन स्थानीय जनतालाई पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको हो।

यता नवलपुरमा पनि प्रश्नपत्र पठाउने वाहेकका सवै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिनुभयो । २५ वटा केन्द्रबाट ६ हजार ५ सय ७५ जनाले परीक्षा दिनेछन् । सदाका वर्षमा भन्दा यो वर्ष तयारी तीव्र र व्यवस्थित बनाइएको शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण हुन नदिन यस पटक विशेष तयारीका साथै व्यवस्था सोही अनुसार गरिएको उहाँको भनाई छ । अहिले सम्म प्रश्नपत्र वाहेक सवै सम्वन्धित परीक्षा केन्द्रमा पुर्याइसकीएको छ ।

केन्द्राध्यक्षहरुलाई तालिम, प्रशासनिक सामाग्री उत्तरपुस्तिका, कलम अन्य आवश्यक सामाग्री सम्वन्धित केन्द्रमा पुगेको र सवै तयारी पुरा भएको उहाँको भनाई छ । तीन तले जिल्लाको रुपमा समेत चिनिएको नवलपुरमा टाढा टाढाबाट आउने विद्यार्थी ग्रामीण क्षेत्रको वाहेक अन्यत्र नरहेको र आधा घण्टाको यात्रामा पुग्न सक्नेगरी केन्द्र तोकिएको छ । पहाडका केही विद्यालयमा आवासीय रहनुपरेको उहाँको भनाई छ । गार्ड नियुक्तिमा विवाद नआउने  गरी काम गरेको भन्दै परीक्षा संचालन निर्देशीका वमोजिम नै सवै तयारी भइरहेको पोखरेलले बताउनुभयो । केन्द्राध्यक्षले नै सवै वाँकी कर्मचारी नियुक्त गर्ने हुनाले सोर्स फोर्सको कुनैपनि गतिविधि हुन नदिन आफूहरु सचेत रहेको र त्यसो नभएको उहाँको दावी थियो । साथै सवै गार्ड सहितलाई परिचय पत्र अनिवार्य गरिएको  छ ।

कोरानोको त्रास
विश्वभर फैलिरहेको कोरोनाबाट संक्रमण हुन नदिने सन्देश सहित ५ सय वटा मास्क वितरण गरिने भएको छ । ६ हजार ५ सय ७५ जनाले एसइई दिने भएपनि उक्त संख्यामा मात्रै मास्क पाइएको र अन्य खोज्ने कार्य जारी रहेको छ । यदि पाए सवैलाई अन्यथा जो रुघाखोकीवाट संक्रमित छ उक्त विद्यार्थीलाई तार्केट गरेर वितरण गर्ने शिक्षा समन्वय प्रमुख पोखरेलले बताउनुभयो । साथै हेल्थ डेक्सको व्यवस्था पनि गरिने भएको छ । यस पटक अभिभावकहरुलाई समेत घरमा भए मास्क लगाएर वालवालिकालाई परीक्षामा पठाउन अनुरोध गरिएको छ। त्यसका साथै छात्रा विद्यार्थीहरुका लागि सेनेटरी प्याडको व्यस्था छ । परीक्षा हलमा विद्यार्थी प्रवेश गरेपछि कलम विग्रीयो वा अन्य केही भइहाले तत्काल उपलब्ध गराउन व्यवस्था पनि गरिएको छ । निर्धक्क भएर परीक्षा दिन अनुरोध गर्दै पोखरेलले उत्तरपुस्तिका पनि सुरक्षित तरिकाले सम्वन्धीत ठाएँमा पुग्ने गरी व्यवस्था मिलाएको बताउनुभयो । त्यस्तै पुस्तक तथा स्टेसनरी महासंघ नवलपुरले १५ हजार रुपियाँ बराबरको कलम र रोटरी क्लब कावासोतीले २० हजार रुपियाँ बराबरको मास्क उपलब्ध गराएको छ । एकाइ प्रमुख पोखरेलले कुल परीक्षार्थीको ३८ प्रतिशतलाई पुग्ने गरी कलम र आठ प्रतिशतलाई पुग्ने गरी मास्कको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यस वर्ष ६ हजार ५ सय ७५ विद्यार्थी
यस वर्ष ६ हजार ५ सय ७५ जना विद्यार्थी सहभागी हुदैछन् । गत वर्ष ६ हजार ७ सय विद्यार्थी सहभागी थिए । अहिले संख्या घटेपनि गण्डकी प्रदेशमा कास्कीपछि दोस्रो धेरै विद्यार्थी सहभागी हुँदैछन् । जसमा ११० जना एक्जाम्टेड छन् । नवलपुरमा २५ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा २५ जना केन्द्राध्यक्ष, ४४ जना सहायक केन्द्राध्यक्ष, ३३० जना परीक्षा सहायक, ६६ जना कार्यालय सहयोगी,सुरक्षाकर्मी २५० जना परिचालित गरिने भएको छ । नियमिततर्फका छ हजार ४६५ र एक्जाम्टेडतर्फका ११० गरी कुल छ हजार ५७५ जना परीक्षार्थी रहनेछन् । तीमध्ये छात्रा तीन हजार ३३६ रहेका छन् ।

गैडाकोट नगरपालिकामा कालिका मावि,जनक मावि,लक्ष्मी माविमा केन्द्र तोकिएको छ । कालिका उच्च मावि केन्द्रमा जनक माविका १७० जना, गैडाकोट नमुना आवासीय माविका ६४, विजय सामुदायिक शिक्षा सदनका ७५ र वालविकास इग्लीस वोडिङ स्कुलका ८० जना विद्यार्थीले परीक्षा दिनेछन् भने जनक मावि केन्द्रमा कालिका उच्च माविका १३९ जना, कन्टीनेन्टल इग्लीस वोर्डिङका ४८ जना, सरस्वती निकेतनका ४६ जना, नेपाल राष्ट्रिय शमसेर आदर्शका ६५ जना, साइनिङ इग्लीस वोर्डिङ स्कुलका ३५ जना, सुर्य्विनायक इग्लीस वोर्डिङका २४ जना, नारायणी माविका ३९ जना, गैडाकोट इग्लीस स्कुलका ३५ जना र कृष्ण गण्डकी माविका ३३ जना विद्यार्थीहरुले परीक्षा दिनेछन् ।

कालिका उच्च माविको केन्द्रमा ३८९ जना र जनक माविको केन्द्रमा ४६४ गरी ८५३ जनाले परीक्षा दिनेछन् । अमरापुरीको लक्ष्मी माविलाई पनि केन्द्र तोकिएको छ । जहाँ रत्न राज्य लक्ष्मी उच्च माविका १०५ जना, जनता माविका १०० जना, अमरज्योति माविका ३२ जना, वालज्योति माविका २४ जना विद्यार्थीहरु गरी कुल २६१ जनाले परीक्षा दिनेछन् ।

त्रिभुवन मावि बुलिङटारमा ८ विद्यालयका २३९ विद्यार्थी

२५ केन्द्र मध्ये बुलिङटारमा रहेको त्रिभुवन माविलाई पनि केन्द्र तोकिएको छ । ८ वटा विद्यालयका २३९ जना विद्यार्थीले यस केन्द्रबाट परीक्षा दिनेछन् । जसमा सवैभन्दा धेरै विद्यार्थी डेढगाउँ मावि डेढगाउँबाट ४७ जना, उदय मावि जौवारीबाट ४१ जना, सेतीनाग मावि अर्खलाबाट ३५ जना, छत्तिसादेवी मावि कोटथर थामवेसीबाट ३० जना, शिव मावि अत्रौलीबाट २५ जना, गोरखकाली मावि सिचाङ अर्खलाबाट २३ जना, जनजागृति मावि कोटथरबाट २० जना र सवैभन्दा कम देव वडाचुली मावि डाँडाझेरीबाट १८ जना विद्यार्थी सहभागी हुँदैछन् ।

ढेडगाउँ मावि केन्द्रमा ५ विद्यालयका २३१ विद्यार्थी

२५ केन्द्र मध्ये ढेडगाउँ माविमा पनि केन्द्र तोकिएको छ । जहाँ पहाडी क्षेत्रका ५ वटा विद्यालयका २३१ जना विद्यार्थीले परीक्षा दिनेछन् । सवैभन्दा धेरै नगरडाँडा मावि नरमबाट ७६ जना, धर्मात्मा मावि मिथुकरम मचेडीबाट ४३ जना, त्रिभुवन मावि बुलिङटारबाट ४२ जना, बेलभञ्जयाङ मावि रुकुवाबाट ४० जना र सवैभन्दा कम नगरडाडा मावि रुचाङबाट ३० जना विद्यार्थीले एसइई दिँदैछन् ।

२५ केन्द्राध्यक्षमा एकजना मात्रै महिला

जिल्लामा रहेको २५ वटा केन्द्रमा एउटा केन्द्र भने महिला केन्द्राध्यक्षले संचालन गर्नुहुनेछ । शिक्षा समन्वय इकाई नवलपरका प्रमुख पोखरेलका अनुसार जीवन ज्योति मावि कावासोतीमा रहेको केन्द्र भने सुमित्रा लम्सालले सम्हाल्दै हुनुहुन्छ । उहाँ मात्रै २५ केन्द्राध्यक्ष मध्ये अन्य पुरुष हुनुहुन्छ भने महिला उहाँमात्रै हुनुहुन्छ । ४ वर्षको निरन्त अनुभव आफू सँग रहेको र सहज तरिकाले परीक्षा संचालन गर्दे भयरहित वातावरणमा विद्यार्थीले परीक्षा दिने वातावरण कामय गराउने उहाँको भनाई छ । सामान्य तया प्रधानाध्यापक केन्द्राध्यक्ष हुने भएका कारण पनि महिलाहरु कम भएको भन्दै उहाँले आफ्नो सक्षमता र लगनशीलता नै प्रमुख कुरा भएको बताउनुभयो । महिलाहरुले प्रधानाध्यापक सम्हाल्ने हिम्मत र योग्यता राख्नुपर्नेमा उहाँको सुझाव छ ।

Share.

Leave A Reply